Wednesday, December 8, 2010

किन सम्बन्ध बिच्छेद

,
लामो समयको प्रेम सम्बन्ध विवाहमा परिणत भयो तर विवाह भएको चारबर्ष नपुग्दै सम्बन्ध बिच्छेद गर्नु प¥यो । पहिला त धेरै माया गर्दथ्यो जातपात केहि हुदैन भन्थ्यो बिस्तारै उसले मलाई तल्लो जातकि केटि भनेर घृणा गर्न थाल्यो । मलाई छोडेर आफ्नै जातकि केटि बिहे गरेर ल्यायो । जसलाई आफ्नो जिन्दगी ठानेकि थिए उसैले धोका दिए पछि किन उसको नामको माला जपेर बस्नु भन्ने लाग्यो त्यसैले उ संग सम्बन्ध बिच्छेद गरे ।


यि घटनालाई अपवादको रुपमा मान्न नसकिने हैन । तर आजभोली लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद सामान्य प्रकृया झै हुन थालेको छ । कानूनीसेवातथापरामर्शकेन्द्र,ल्याककोतथ्यांकअनुसार सन् २००३ जनवरीदेखि सन् २००५ नोभेम्वरसम्ममा ल्याकमा सम्बन्ध बिच्छेदका ९८ वटा मुद्दा दर्ता भएका थिए

मिता र रमेश एउटै क्याम्पस पढदथे । सगै हिडडुल गर्दा उनिहरु बिच माया प्रेम बस्न पुग्यो र उनिहरुले विवाह गर्ने निधो गरे । तर रमेशको परिवारले यो विवाहलाई अस्विकार ग¥यो किनकि मिता तल्लो जातकी केटि थिइन । रमेश ले परिवारको वास्ता नै नगरि मिता स‘ग विवाह ग¥यो । जब मिताले छोरी पाइन र त्यो छोरीको न्वारान, पास्नी कुनै पनि कार्यमा रमेशको परिवारका कोहि पनि नआए पछि भने रमेशको मन बिस्तारै बदल्न थाल्यो । उ घर समयमा आउन छाडछ ,आफ्नो बुवा आमाकोमा गएर बस्छ । मिता र छोरीलाई मतलव नै गर्दैन । रमेशको परिवारले मितालाई पटक पटक रमेशलाई छोडनको लागि धम्कि समेत दिन्छन । एक दिन रमेश मिता र छोरीलाई छोडेर हिडछ त्यस पछि उ फर्केर घर आउदैन । धेरै समयपछि मिताले थाहा पाउछिन कि रमेशले आफ्नै जातकि केटि सग विवाह गरे । एक अर्कालाई राम्ररी बुझेर प्रेम विवाह गरेका मीता नेपाली र उनका श्रीमान रमेशले विवाह गरेको चार बर्ष नपुग्दै सम्बन्ध बिच्छेद गरे । श्रीमानको घर परिवारले आफुलाई अस्विकार गरेपछि र श्रीमानले पनि वास्ता गर्न छाडेर आफ्नै जातकी केटि विवाह गरेपछि उनले श्रीमान्सँग सम्बन्ध बिच्छेद गरेकी हुन् ।

सम्बन्ध बिच्छेद हुने कारणहरुमा जाँडरक्सी पिउने, कुटपीट गर्ने, अपशब्द प्रयोग गर्ने, कुनै केटासँग बोल्दा शंका गर्ने, राती घर ढिलो आउने, दाइजो नल्याएकोे बाहिर केटि राख्ने, खान लाउन मतलव नगर्ने, खर्च नदिने, बालबच्चाको वास्ता नगर्ने, घरका सामान बेच्ने, शरिरमा पानी खन्याइ दिने, कुनै काम नगर्ने तथा वहुविवाह रहेका छन् । यस बाहेक हाल आएर निम्न कारणहरुले पनि सम्बन्ध बिच्छेद हुने गरेको पाइएको छ, जस्तै आवेशमा आएर गरेको प्रेम विवाह, अन्तरजातीय विवाह, रोजगार, दम्पत्तिमा हुने अहम भावना तथा आपसी असमझदारी । तर धेरै जसो सम्बन्ध बिच्छेदका कारणमा चाँही श्रीमान्ले श्रीमतीलाई जीवनसाथी हैन भोग्या तथा दासीको व्यवहार गर्ने, अनिच्छित वा अपमानीत यौन सम्पर्र्के (बैबाहिक बलात्कार) तथा यौन असुन्तुष्टि हुन् । तर यस्ता कुराहरु प्रमाणित गर्न गा¥हो पर्छ । यस्तो कुरा बाहिर ल्याउँदा अरुले महिलालाई हेर्ने दृष्टिकोण फरक हुन्छ । त्यसैले जे कारण लेख्दा सम्बन्ध बिच्छेद हुन्छ त्यही कारण लेखेर सम्बन्ध बिच्छेद गरिन्छ, भनेर ल्याककी अधिवक्ता बसन्ती श्रेष्ठ भन्छिन् ।

सम्बन्ध बिच्छेद भएपनि महिलाले श्रीमानको अंश पाउने कानूनी व्यवस्था शुरु भएको २०५९ सालदेखि नै हो । तर यो झन्झटिलो छ । धेरै लोग्नेमानिसले श्रीमतीलाई अंश दिनुपर्छ भनेर हतार हतार पहिले नै अंशबन्डा भैसकेको र आफ्नो नाममा केही नभएको देखाउछन् । यसले गर्दा पनि कानुनले दिएको अधिकार नलिई महिलाहरु सजिलैसँग सम्बन्ध बिच्छेद होस भनेर सम्पति नलिई कन सम्बन्ध बिच्छेद गर्छन् । ल्याककी अध्यक्ष शान्ता थपलिया भन्छिन्, “धेरै जनालाई हामीले संझाएर पठाएका पनि छौ तर अहिलेका युवापुस्ता जोसँगै आउँछन उनीहरु पढेलेखा पनि छन् र भन्छन् हामीसँगै बस्न सक्दैनौ त्यसैले हाम्रो सम्बन्ध बिच्छेद गरिदिनुप¥यो । उनीहरुलाई सम्झाउँदा पनि हुदैन किनकी उनीहरु आफ्नो कुरामा अडिग हुन्छन् । त्यसैले उनीहरुको सम्बन्ध बिच्छेद गरिदिनुभन्दा अर्को बिकल्प हामीसँग पनि छैन ।”

ल्याकमा दर्ता भएका मुद्दा अनुसार निम्न बर्गदेखि उच्च बर्गका महिलाहरुले सम्बन्ध बिच्छेद गर्ने गरेका छन् । जसमध्ये ५२ वटा मुद्दा फैसला भैसकेका छन् भने ४७ वटा मुद्दा अदालतमा बिचाराधिन रहेका छन्। महिलाहरु बरु ढुङा कुटेर खान्छु तर अत्याचार सहन सक्दिन बच्चाहरु आफै पाल्छु भनेर हिम्मत बटुलेर पनि सम्बन्ध बिच्छेद गरेका छन । तर उनिहरुको यो एक्लो पन कसैले पनि बुझ्न सकेका छैनन । उल्टै उनिहरु माथि लान्छना लगाउने काम गरिन्छ त्यसैले सम्बन्ध बिच्छेद भएका महिलाहरु अहिले पनि खुलेर समाजमा आउन सकिरहेका छैनन् । किनकी समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण फरक हुन्छ साथै उनीहरुको चरित्रमा पनि शंका गर्ने गरिन्छ । त्यसैले सम्मानित जीवन जिउनका लागि पनि उनीहरु आफ्नो नाम गोप्य राख्न चाहान्छन् ।
ड्ड सम्बन्ध बिच्छेदको कानूनी बाटो
ड्ड लोग्नेको मञ्जुरीबीना स्वास्नी लगातार तीनबर्षसम्म अलग बसेमा
ड्ड लोग्नेको ज्यान जानेगरी अङ्गभंग हुने वा कुनै ठुलो शारिरीक कष्ट हुने काम अथवा जाल प्रपञ्च गरेमा
ड्ड स्वास्नीले सम्बन्ध बिच्छेद गर्न पाउने अबस्था
ड्ड लोग्नेले अर्की ल्याएमा
ड्ड आफुलाई घरबाट निकालेमा
ड्ड खान लाउन नदिएमा
ड्ड स्वास्नीको हेरबीचार नराखी लगातार तीनबर्षसम्म स्वास्नी छोडि अलग बसेमा
ड्ड स्वास्नीको ज्यान जाने, अङ्गभंग हुने आ अरु कुनै ठुलो शारिरीक कष्ट हुने काम वा जाल, प्रपञ्च गरेमा
ड्ड लोग्ने नपुंसक भएमा
स्वतः सम्बन्ध बिच्छेद हुने अबस्था
ड्ड श्रीमतीले अर्को विवाह गरेमा
ड्ड श्रीमतीले परपुरुषसँग शारिरीक सम्बन्ध राखेमा वा राखेकी छु भनी अड्डामा सावित भएमा
ड्ड उमेर १६ बर्ष नपुगी भएको विवाह उनीहरु १६ बर्ष पुगेपछि जोडिले मञ्जुर नगरेमा
ड्ड लाटो, लुलो कुञ्जो, महारोगीलाई सद्दे छ भनि ढाँटेर गरेको विवाह
ड्ड सधवा वा बिधवा स्वास्नी मानिसलाई कन्या हो भनि ढाँटेर गरेको विवाह

दुवैको मञ्जुरी भएमा
ड्ड जस्तो सुकै अवस्थामा पनि

सम्बन्ध बिच्छेद गर्न पाउने यो कानूनी अधिकार कतिका लागि फाइदा र कतिका लागि घातक समेत भएको छ । कानूनमा व्यवस्था भएपनि यसले पार्न सक्ने सामाजिक असरहरु दिर्घकालिन हुनसक्छन् । यो व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रता वा अधिकार हो तापनि यसले समाजमा पार्ने नकारात्मक प्रभावले समाजमा बस्ने मानिसलाई कत्तिको असर पु¥याउला भन्ने तर्फ ध्यान जानु आवश्यक देखिन्छ । आधुनीकीकरण तर्फ लम्किदै गएको यो समयमा सम्बन्ध बिच्छेदका घटनाहरु दिनदिनै बढ्दै गैरहेका छन् । यसले समाजमा पार्ने प्रभाव र असरले परिवार बिखण्डनको स्थितीलाई कहाँसम्म ल्याइपु¥याउँछ अनुमान लाउन सकिदैन ।

0 comments to “किन सम्बन्ध बिच्छेद”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates