Tuesday, August 24, 2010

हामी बानी बनाउँदछौं र बानीले हामीलाई...

,






मोटापन शरीरमा अनावश्यक बोसो जमेको अवस्था हो । यो गलत जीवनशैली अथवा गलत बानीको परिणाम हो । मानिसले आफ्नो दैनिक आवश्यकता भन्दा धेरै खानु र शारीरिक गतिविधि कम गर्नु वा नगर्नु नै यसका प्रमुख कारणहरु हुन् । आहारसम्बन्धी गलत बानीहरुको सुधारको निम्ति निम्न कुराहरुमा ध्यान दिन सकिन्छ ।

बानी
‘हामी बानी बनाउ“दछौं र बानीले हामीलाई बनाउ“दछ ।’ यो भनाई हाम्रो जीवनको अनिवार्य सत्य हो । कुनै कार्य लगातार ९चभउभबतष्तष्खभथि० रुपमा गरिरह“दा बानी बस्न जान्छ । बानी मनको सप्रतिबन्धित अवस्था ९अयलमष्तष्यलभम कतबतभ या mष्लम० हो । हाम्रो बानीले हाम्रो स्वास्थ्यमा (मोटापन) प्रत्यक्ष असर पार्दछ ।

बानी सुधार गर्नु –

(क) आफ्नो बानीहरु (कार्यहरु) प्रति सचेत÷साक्षी भाव अपनाउनु पर्दछ । बानी (कार्य) र त्यसबाट आएको नतिजा (प्रतिक्रिया)को सम्बन्धलाई देख्नु, चिन्नु र बुझ्नु पर्दछ ।

(ख) त्यसको आधारमा नकारात्मक नजिता (स्वास्थ्य विपरित, मोटापन) ल्याउने बानीहरुलाई सुधार गर्नु पर्दछ ।

(ग) सुधार गर्नु पर्ने बानीहरुको मानसिक रुपमा व्यवहारिक योजना बनाएर कार्यमा उतार्नु पर्दछ ।

आहार

(क) आहार छान्दा स्वास्थ्यवर्धक र सुपाच्य हुनु पर्दछ ।

(ख) आफ्नो दैनिक आहारको सुनिश्चित योजना बनाउनु पर्दछ ।

८ आहारको प्रकार, समय, समय अन्तरकाल, मात्रा, मिश्रण, पकाउने तरिका इत्यादिलाई ध्यानमा राख्नु पर्दछ । बाहिर खाने (अफिस) स्थिति छ भने घरबाट नै सलाद, फलफूल अथवा अन्य कुनै स्वास्थ्यबद्र्धक आहारहरू लानु पर्दछ ।
८ आहार प्रत्येक दिन एउटै समयमा खानु पर्दछ । अध्ययन अनुसार खाना एउटै समयमा नखा“दा मात्रा धेरै र गलत प्रकारको आहार खाएको देखिएको छ ।
८ आहारको मात्रा सुनिश्चित ९उचयउयचतष्यलभम० हुनु पर्दछ । आफ्नो दैनिक गतिविधि र शारीरिक आवश्यकताको आधारमा मात्राको निर्धारण गर्नु पर्दछ । मात्रा निर्धारण गर्ने सरल तरिका खाना खाएपछि अटस मटस, गह्रौं वा कुनै अप्ठ्यारो हुनु हु“दैन ।
८ आहार बिस्तारै स्वाद लिएर राम्ररी चपाएर खाने । भोक मेटेको सूचना पेटबाट दिमागसम्म पुग्नु २० मिनेट जति लाग्दछ । चा“डो खा“दा धेरै खाने गरिन्छ । चम्चा वा चपस्टिकले खा“दा पनि बिस्तारै खानुमा मद्दत पुग्दछ ।
८ भोक लागेको अवस्थामा मात्रै खाने र भोक मेटेपछि खान रोक्नु पर्दछ । शरीरको सही भोक र पूर्णतालाई चिन्ने प्रयास गर्नु पर्दछ । भोक मेटेपछि थालमा बा“की खाना राख्नु हु“दैन भनेर खाने विश्वास÷ बानीलाई त्याग्नु पर्दछ । शरीरको सूचना र संवेदनाप्रति सचेत हुनु पर्दछ ।
८ खाना खाने समयमा अन्य कार्यहरु गर्नु हु“दैन (टी.भी., पत्रिका, गफ इत्यादि) । अरु काम गर्दै कुटु कुटु खानु हु“दैन । यसो गर्दा धेरै मात्रा÷ गलत प्रकारको खाना खाने सम्भावना बढ्दछ । सजिलोस“ग बसेर, ध्यान दि“दै स्वाद लिएर खानु पर्दछ । भोक नआइकन खाने इच्छा जाग्यो भने त्यसको सट्टामा अरु कार्य (हिंड्ने, साथीलाई फोन गर्ने, घरको काम इत्यादि) गर्नु पर्दछ ।
८ आहार प्याकेट अथवा भा“डाबाट भन्दा पनि थालमा नै पस्केर खानु पर्दछ । प्याकेट र भा“डाबाट खा“दा धेरै मात्रामा खाने गरेको पाइन्छ । खाना खा“दा सानो आकारको थाल प्रयोग गर्नु पर्दछ । यसले मात्रा नियन्त्रणमा मद्दत पु¥याउ“दछ ।
८ भोक लागेको अवस्थामा आहार खरिद गर्ने वा खरिद गर्ने सूचि बनाउनु हु“दैन ।
८ भोक नलागेको वा पुरा खाइसकेका अवस्थामा अरुको प्रभाव, खुसी वा घुर्कीको आधारमा खाना खानु हु“दैन ।
८ चाड पर्व वा पार्टीको, अतिथिको निहु“ पारेर गलत आहार खाने विचार ढा“चालाई परिवर्तन गर्नु पर्दछ ।

0 comments to “हामी बानी बनाउँदछौं र बानीले हामीलाई...”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates