
जब मैले बाहिर नियाले, नीलो आकाश आ“खामा प¥यो....अनन्त नीलो....अनि त्यहीं अनन्तमा सेतो बादलको धर्सो बहिरहेको, एक्लो पक्षी नितान्त उडिरहेको देखें । यस्तो लाग्यो कि रूखका हा“गाहरूले आकाशलाई चुम्बन गर्न खोजिरहेका छन्...नील गगनको अनन्त बिस्तारबाट...त्यो आकाश अचानक जीवनको सुन्दर क्यानभासमा परिणत भए झैं लाग्यो ।
अनि जब मैले त्यस खुल्ला आकाश र हाम्रँे जीवनमा समानान्तर खोजें, मैले महसुस गरे“ कि हाम्रँ अनुभवहरू र हाम्रा जीवनमा आउने मानिसहरूले नै हाम्रो जीवनलाई अर्थ दिन्छ....आ“सु, हा“सो, रिस, घमण्ड, क्रोध, विजय, एक्लोपन, सहजीवन, विछोड, माया....यी सबै–सबैले जीवनको हरेक क्षणलाई रंगीन बनाइरहेका हुन्छन् ।
मनोवैज्ञानिक हैम गिनोटले लेखेका छन्,– ‘व्यक्तिगत अनुभूतिहरू सर्वव्यापी हुन्छन् । यी बीचको यो समानान्तर महसुस गर्न समय र विवेक चाहिन्छ, जुन कुराले एउटा मान्छेलाई दुःखी तुल्याउ“छ, त्यही कुराले समग्र मानव जातिलाई पनि दुःखी तुल्याउ“छ । कहिलेकाहि“ हामी बिर्सन्छौं कि हामी स“धै बा“च्ने छैनौं, हामी सीमित समय लिएर आएका छौं, भोलि हाम्रो वशमा छैन, खुसी बाड्न सक्यो भने त्यो दोब्बर हुन्छ, हामीलाई जस्तै अरूलाई पनि पीडा हुन्छ । अनि कठिनाईको आगोस“ग लड्दा हामीलाई जीवनबोध हुन्छ, हाम्रो अपार सहिष्णुताको आभास हुन्छ, खुसी र उत्सवहरूमा रमाउ“दा हामी क्षणिक ती पलहरूलाई संगाल्ने प्रयास गर्छौं... ती क्षणहरू हाम्रँ स्मृतिका पानाहरूमा भर्छौ...सो, कि हामी एक्लै भए पनि कहिल्यै एक्लोपन महसुुस गर्दैनौं र हाम्रो जीवनमा भएका व्यक्तिहरूले नै यी सबै कुराहरू सुनिश्चित गर्छन् ।’
मेरो जीवन दुःखपूर्ण बनाउने हो या उमंगले भरपूर – यो मेरै हातमा निर्भर छ । साथै अरूको लागि बाधक बन्ने वा प्रेरणाको स्रोत बन्ने – त्यो पनि हामी आफैंमा निर्भर छ । ‘म निन्दा गर्न सक्छु या खुशी फैलाउन, घाउ दिन सक्छु या मलम बन्न ।’
अधिकांश अवस्थाहरूमा एक अर्कँ बीचको कृतज्ञी भावनाले नै सम्बन्धहरू सुदृढ बनाउ“छ । यसले जीवन अमूल्य बनाउ“छ । यसले संसारमा हाम्रो अस्तित्वको अझै बिस्तार गर्दछ, हाम्रो आत्मालाई अझ गहन बनाउ“छ र यसले एउटा साधारण अस्तित्वलाई पनि असाधारण जीवनमा परिणत गर्दछ ।