Sunday, July 18, 2010

जीवन भन्नु नै केवल अगाडि बढ्नु हो ।

,

उही मोह, सफलता र अनु भवद्वारा वशीभू त....हामी कहिल्यै मर्दै नौ ं भनेभैंm गरी जीवनयात्रा अघि बढाउ“छौं । म कमिलाका ता“ तीका तालबद्ध त्यो कठीन यात्रा संझन्छु, जुन मेरा लागि केवल केही पाइलाको मात्रको कुरो थियो.....त्यतिवेला म सायद ६ वा ७ वर्षकी थिए“ । उनीहरूको बाटोमा हत्केला राखी (सायद उनीहरूलाई त्यो पहाड झैं लाग्थ्यो होला) यात्रामा अबरोध गर्थे र रम्थे, वा विस्तारै फु किदिएर उनीहरूको लस्करमा आ“धी वेहे रीलेझैं खैलाबैला मच्चाइदिई मख्ख हुन्थे । तर मेरो आकर्षण केमा थियो भने जे जस्तो भवितव्य आइपरे पनि उनीहरू तत्कालै संगठित हुन्थे र आफ्नो यात्रालाई निरन्तरता दिन्थे । त्यतिबेला मैले त्यसमा कु नै पाठ देखिन । अहिले म त्यसैलाई अनुशरण गरीरहेकी छु ।
बढ्दै जा“दा मैले भ्mयालिन्चाहरूलाई समातें र उनीहरूको पुच्छरमा डोरी बा“धें, भ्यागुता र घा“ से सर्पहरूलाई आफ्नो घर्रामा राखे ं, कैयन् पटक म रूखहरूमा चढे र मच्चिए“ र फाल हाले ं, हावाहरूको झोक्का चिर्दै कुदें र घामलाई आफ्नो हत्केलामा कैद गर्न खोजें, मैले रहस्यहरू पढें र युद्धहरू जितें, मैले आफूलाई एउटा विश्व नेताका रूपमा मात्र हैन, रक स्टारका रूपमा समेत कल्पना गरें । मैले दिवास्वप्न देखें र हासें.....र, जब म दुःखी भए“ र रोए“ वा जतिबेला म मुस्काउन सक्दैनथें, यतिबेला यी शब्दहरू सम्झन्थेंः आ“खामा आ“सु हु“दैनथ्यो भने आत्मामा कु नै रङ हुने थिएन । आज मैले बुझेकी छु कि हरेक क्षणहरूमा म पू र्ण रूपमा सदाको लागि बा“चे की हुन्छु ....प्रत्येक सेकेण्ड म अनन्तसम्म जिउ“छु ....कहिलेकाहि“ म बिर्स न्छु कि पीडा कतिसम्म चु लिएपछि आघात हुन्छ, अनि कहिले काहि“ मलाई पत्तै हुन्न कि यो हा“सो सदाका लागि मेरो होइन भनेर, तर मलाई यो पनि थाहा छ, म आस्था र प्रेमले स्पर्श गरिएकी छु, र आज त्यो इन्द्रेणी जसले मेरो आत्मालाई छोएको छ उसले भन्छ कि, गन्तव्य अन्त कहिं कतै छैन, जीवन भन्नु नै केवल अगाडि बढ्नु हो ।

0 comments to “जीवन भन्नु नै केवल अगाडि बढ्नु हो ।”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates