नारी भएकाले हामीले जीवनमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हामीले घर गृहस्थी सम्हाल्नु पर्छ, करिअर अगाडि बढाउनु पर्छ वा श्रीमान्स“ग मिल्ने गरी आप्mनो जीवनशैली बदल्नु पर्छ । विवाहपश्चात परिवारका मानिसहरू शाकाहारी भए आफू पनि त्यस्तै बन्नुपर्छ । श्रीमान्को सरुवा भयो भने आफ्नै प्रोमोसन छोडेर भए पनि उनकै पछि लाग्नु पर्ने हुन्छ । जीवनसाथीले अकस्मात पिकनिक जाने योजना बनाउ“दा आप्mना साथीहरूस“गको भेटघाटलाई स्थगित गनुपर्छ । बच्चाको स्कुलमा जानुपर्ने भएकोले डाक्टरकहा“ जाने कुरालाई था“ती राख्नुपर्छ । थाकेर लखतरान भएको बेला खाना बनाउनुपर्ने हुन्छ । क्रिकेट म्याचले गर्दा मनपर्ने सिरियल छुटाउनु पर्छ । सबैजना आरामपूर्वक ओछ्यानमा पुगेपछि मात्र आफ्नो अफिसको महŒवपूर्ण रिपोर्टमा काम गर्ने समय निस्कन्छ ।
यति ह“ुदा हु“दै पनि हामी जीवनमा सामञ्जस्य ल्याउन खोज्छौं । कामकुरालाई पूरा गर्दछौ“, फाइदाबेफाइदालाई निरन्तर ध्यान दिन्छौ“, आप्mनो दैनिक कार्यतालिका मिलाउ“छौ । जिन्दगीका साना ठूला उतार चढावमा पनि हामीले हामीभित्र आप्mनो स्वŒव जोगाइ नै रहेका हुन्छौं । त्यसैले मलाई लाग्छ, हामी अद्भूत प्रजातिका हौं । विविध रोजाईहरूमध्ये एउटा छान्नु, उथलपुथललाई साम्य पार्नु, निर्णय नै निर्णयहरू गर्नु सहज कुरा होइनन् । त्यसैले स्पष्ट भन्नु पर्दा यी सबै कुरालाई खास गरी दुई प्रकारमा बा“ड्न सकिन्छ–
– तिमी जे चाहन्छौ त्यही बन्नका लागि... सम्पूर्ण कुरा अजमाउन आपूmले चाहेको काम गर, चाहे त्यो प्रक्रियामा तिमीले आपूmलाई गुमाउनु नै किन नपरोस् । अथवा,
– जीवनलाई मध्यम स्तरीय तरीकाले बिताउनु बाहेक मस“ग कुनै विकल्प छैन, म मेरो बुता बाहिरको परिस्थितिमा घेरिएकी छु... यथार्थमा मैले गर्न सक्ने कुनै कुरा छैन । तर, म चाहन्थे“... र यही धमिलो हु“दै गएको चाहनामा जीवन बिताउनु...
यस्तो अवस्थामा सही छनौट कसरी गर्ने त ? सही छनौट त्यही हुन्छ जुन हाम्रँे आफ्नै हुन्छ– त्यतिबेला हाम्रँ निर्णयहरूका लागि कुनै व्याख्याको जरुरत पर्दैन, त्यसको कुनै औचित्य सावित गरिरहने खा“चो हुन्न । र, हामीले कसैलाई निरन्तर विश्वास दिलाइरहने अवश्यकता पनि बा“की रहन्न । उदाहरणका लागि कसैको ‘इङ्गेजमेण्ट’ भए लगत्तै विहे हुन लागेको केटो आफूले सोचे जस्तो रहेनछ भने त्यस्तो अवस्थामा के गर्ने त ? जे जस्तो भए पनि विहे गर्ने कि साहस बटुलेर नाइर्“ भन्ने ?
आप्mनो सपना र आकांक्षाहरूमा विश्वास राख्नु र त्यसैमा अटल रहनु, आप्mनो भित्री आवाजलाई सुन्न सक्ने क्षमता राख्नु तथा अनपेक्षित परिणामस“ग नडराइकन आप्mनो काम अगाडि बढाउनु एवं तपाई“ आज जे हुनुहुन्छ त्यो भन्दा श्रेष्ठ हुने काम समाजमा गर्नु नै तपाई“ले आपूmलाई र आप्mना नजीककालाई दिने महत्वपूर्ण सफलता हो ।
‘करिअर’ मा, गृहस्थीमा वा व्यक्तिगत सम्बन्ध जुनसुकै क्षेत्रमा होस्, तपाई“ले गरेको छनौटका कारण हिजोभन्दा उन्नत ठाउ“मा तपाई“ पुग्नु नै सन्तुष्टि हो ।