Sunday, July 11, 2010

के तपाई आफ्नो बालबालिकालाई पिट्नुहुन्छ ?

,

बच्चाहरू नबोल्ने, रिसाउने, जिद्धी गर्ने, झगडा गर्ने, मागेको कुरा तुरून्तै पाउनुपर्ने जस्ता व्यवहार देखाउने गर्दछन् । यस्तो अवस्थामा बच्चालाई अनुृशासन सिकाउनु त पर्छ नै । तर उनीहरूलाई अनुृशासन सिकाउ“दा शारीरिक मानसिक असर पर्ने खालको हुनुहुदैन साथै उसलाई उसले गरेको व्यवहार किन उपयुक्त छैन भन्ने कुराको स्पष्ट जानकारी दिनु पर्छ । ताकि बच्चाले सजाय पाएपछि उसले किन सजाय पाएको हो भन्ने कुरा बुझ्न सकोस् । जस्तैः उसले पढ्न मानेन भने कुट्नु र धम्की दिनको सट्टा टिभी हेर्न सहुलियतबाट बन्चित गर्न सकिन्छ । यसो गर्नाले बच्चालाई महसुस होस् कि जिम्मेवारी ननिभाए त्यसको प्रतिफल भोग्नु पर्छ ।

कुट्न वा धम्की दिन तत्काल रूपमा राम्रो अुनुशासनको उपाय देखिए पनि यसले दीर्घकालिन रूपमा बच्चामा धेरै समस्याहरू ल्याउन सक्छ । विभिन्न अनुसन्धानले पनि यही पुष्टि गरेका छन् । मेट्रो पोलिक्लिनिक तथा शिक्षण अस्पतालमा कार्यरत बाल विशेषज्ञ डा. अरूण कु“वर पनि यही भन्नुहुन्छः, – “हामीकहा“ विभिन्न प्रकारका बच्चाहरूलाई उपचारको लागि ल्याउने गरिन्छ । प्रायः जसो बच्चाहरूमा डर मान्ने, विद्यालय जाने बेला भएपछि वाक्वाक् आयो, पेट दुख्यो, मुटु दुख्यो भन्ने जस्ता वाहना बनाउने गर्दछन् । सामान्य समस्यादेखि लिएर जटिल अवस्थासम्म पुगेका बच्चाहरूलाई हेर्ने गरेका छौ । सातामा १० देखि १५ यस्ता केसहरू आउने गरेका छन् । केलाउ“दै जाद“ा प्रायःमा यी लक्षणहरूका कारण आधारभूत रूपमा एउटै पाइन्छ – अभिभावकले कुट्नाले वा भय देखाउनाले । ”

प्रायः अभिभावकले आफु हुर्किदा“ पनि पिटाई खाएको कारणले आफ्नो बच्चालाई पनि पिट्ने गर्छन् । “मलाई त पिटाई खाएर केही भएन, यस्लाई पनि के हुन्छ र ?” भन्ने धेरैको धारणा पाइन्छ । तर के बुभmनु पर्छ भने बच्चाको स्वभाव अनुसार पिट्ना वा अनावश्यक रूपले त्रास देखाउनाले कोहीमा केही वा कम असर नदेखिए पनि केहीमा बढी मात्रा देखा पर्छ ।

े डा. अरूण कु“वरले शिक्षण अस्पतालमा आएको एक जटिल समस्या बारे हामीलाई बताउनु हुन्छ, “१३÷१४ वर्ष उमेरको बालकलाई जचाउ“न भनी गाउ“बाट उसका अभिभावकले ल्याएका थिए । उ ७÷८ वर्षको हु“दा विद्यालयमा नराम्रो काम ग¥यो भनेर शिक्षकले सजाय दिने क्रममा ‘त“लाई अब भीरमा लगेर फालिदिन्छु’ भन्ने कुरा गरेपछि बच्चा डराएर उसको आवाज बन्द भएको रहेछ । झण्डै दुई वर्षको लामो अवधिमा पनि बोल्न नसक्ने भएपछि उपचार गर्दै गर्दा केही मात्रामा सासको सहायताले बोल्न सक्ने भएछ । अहिले १३÷१४ वर्षको उमेरमा आइपुग्दा सम्म पनि डराउने, त्रसिने, आवाज निकालेर बोल्न नसक्ने अवस्था छ । शारीरिक रूपमा सजाय नदिएपनि मानसिक रूपमा उसले भोगेको पीडा अभिभावकको लापरवाहीले गर्दा यस्तो अवस्था सिर्जना भएको हो ।”

बच्चालाई पिट्दा वा धम्की दिंदा तुरून्तै देखा पर्ने मनोवैज्ञानिक असरः

८ पिट्दा डराएर लुकेर बस्ने ।
८ अभिभावकले हेला गरेको महसुस गरी घर छाडेर हिड्ने ।
८ आफूलाई पिट्यो भनेर झन् उग्र रूपमा प्रस्तुत हुने ।
८ एकोहोरिने र कसैलाई वास्ता नगर्ने खालको अवस्थामा आउने ।
८ सानैदेखि कुलततर्फ लाग्ने ।

बच्चालाई पिट्दा वा धम्की दिंदा भविष्यमा देखा पर्ने नकारात्मक प्रभावहरूः

८ युवा अवस्थामा पुग्दा आफूमा आइपर्ने जिम्मेवारी बहन गर्न सक्दैन ।
८ समुदायमा आफ्नो अस्तित्व बोधको अभाव महसुस गरी पछाडि हट्छन् ।
८ उनीहरूमा धैर्यता र आत्मविश्वासको विकास हुन सक्दैन । जसले गर्दा निर्णय गर्ने क्षमता विकासमा अवरूद्ध हुन्छ । केही गर्न सक्छु भन्ने आत्मविश्वास गुमाउ“छन् ।
८ अरूलाई समस्या परेको बेला सहयोग गर्नुपर्छ भन्ने भावनाको कमी हुन्छ । जसले गर्दा परिवार, छिमेक, समाजबाट तिरस्कृत हुनुपर्ने अवस्था सिर्जना हुन्छ ।
८ एकोहोरो र निराशीपन जीवनभर देखा पर्छ ।
८ आफूभन्दा ठूला व्यक्तिस“ग सम्बन्ध स्थापित गर्ने क्षमताको अभाव हुन्छ । जसले गर्दा आफुभित्र भएको सिर्जनात्मक, कलात्मक अथवा कुनै पनि क्रियाकलापमा भाग लिनबाट बञ्चित भई निरूद्देश्य बन्दै जान्छन् ।
८ बढ्दो उमेरस“गै झन् आफ्नो कमजोरीप्रति चिन्तित हु“दै जान्छन् । जसले गर्दा शारीरिक÷मानसिक अवस्था कमजोर हुन्छ ।
८ आफुले सजिलै सफलता प्राप्त गर्न सक्ने काममा पनि भित्रै–भित्रै गुम्सिएर रहेको डर, त्रासले गर्दा सुवर्ण अवसर गुमाउ“न पुग्छन् ।
८ कुलतमा फस्ने डर हुन्छ ।
८ भावनालाई सुनिश्चत गर्न नसकी वा ईमोशनलाई रेगुलेट गर्न नसक्दा सम्बन्धहरूमा पनि नकारात्मक असर देखा पर्न सक्छ । विशेष गरेर प्रगाढ सम्बन्धहरू निभाउन गाह्रो हुने हुन्छ ।

अनुशासनको लागि पिट्न वा धम्काउनको सट्टा तपाई यी उपायहरू अपनाउन सक्नु हुन्छ ।

८ बच्चाहरू आफ्नै ढा“चाका हुन्छन् । त्यसैले सबभन्दा पहिला के गर्न चाहन्छ र उसको स्वभाव कस्तो छ भन्ने बुझ्नुपर्छ ।
८ सहुलियतबाट बन्चित गर्न सकिन्छ । जस्तै कुनै समय टिभि हेर्न वा खेल्नको लागि तोकिएको छ भने सजाय वा अनुशासनको रूपमा सो सहुलियतबाट बन्चित गर्न सकिन्छ ।
८ अभिभावले आफूलाई परेको कुनै पनि प्रकारको समस्या छ भने वा उ कुनै पनि तनावमा छ भने सोको प्रभाव बच्चामाथि नपरोस् । जस्तै तपाईलाई केही कु्रामा चित्त बुझेको छैन भने त्यो रिस बच्चामाथि नपोख्नोस् ।
८ अभिभावकले “म त प्रथम श्रेणीमा उत्तिर्ण भएको थिए यो पनि हुनुपर्छ” भन्ने धारणाबाट बाहिर आउनुपर्छ । यदि आफ्नो बच्चाको बौद्धिक क्षमता कमजोर छ भने उसको क्षमता अनुुसारको काममा मात्र प्रेरित गर्नुपर्छ । काम लगाइसकेपछि उसलाई पुरस्कार स्वरूप केही चिज दिनुपर्छ । जसले गर्दा उसको कामप्रतिको लगाव अझ बढ्दै जान्छ ।
८ कहिले काही बच्चाको कारण वा अभिभावकको कारणले दुवैप्रति नकारात्मक सोच आउन सक्छ यस्तो अवस्थामा अभिभावकले यसको मूल कारण के हो पत्ता लगाइ समाधानको बाटो अपनाउनु पर्छ ।
८ पारिवारिक समस्या परेको छ भने बालबालिकादेखि टाढै बसेर अथवा बालबालिका कतै गएको समय मिलाएर कुरा गर्ने गर्नुपर्छ ।
८ उमेर र उसको रूचि अनुसारको काम गर्न लगाउने र गर्न नसके उनीहरूले गर्न खोजेका कार्यहरूमा सहयोगी बनिदिने गर्नुपर्छ ।
८ आत्मबल बढाउने खालका राम्रा–राम्रा कुराहरू सिकाउने गर्नुपर्छ । जस्तैः–ठूला व्यक्तिको जीवनी, कथा, कविता, गीत आदि सुनाएर मनोरञ्जन दिने प्रयास गर्नुहोस् ।
८ मनोरञ्जनात्मक तरिकाले उमेर अनुसारका विभिन्न किसिमका क्रियाकलापहरूमा भाग लिन लगाई ‘मैले पनि केही गर्न सक्छु’ भन्ने भावनाको विकास गरिदिने वातावरण मिलाइदिने गनुपर्छ ।
८ फुर्सदको समयमा आफुस“गै घुमाउन लैजाने र मनपर्ने खेलहरू खेलाउने गनुपर्छ ।
८ दुई बीच खुलेर कुरा गर्न सक्ने स्थितिको सिर्जना गर्नु पर्छ । यसको लागि बच्चाकोलागि आवश्यक पर्ने समय उपलब्ध गराउनु पर्दछ र उसको विचार र कार्यकलापमा रूचि देखाउनु पर्दछ ।Œवका असर हटाउनमा मद्दत गर्छs

0 comments to “के तपाई आफ्नो बालबालिकालाई पिट्नुहुन्छ ?”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates