Sunday, July 11, 2010

मानसिक तनावले जन्माउन सक्छ शारीरिक समस्या

,
सहरीकरणको प्रक्रियास“गै मानिसको बानी–व्यवहार बदलि“दै जाने, परिवार र व्यक्ति एक्लिने प्रक्रिया सुरू हुने र समस्या पनि एक्लैले समाधान गर्नुपर्ने परिस्थिति देखापर्छ । यसबाट दैनिक जीवनका तनावलाई व्यक्तिले अलिअलि गरेर झेल्दै जानुपर्ने हुन्छ र स–साना तनाव जम्मा हु“दै गएर थाहा नै नपाईकन ठूलो रूप लिन पुग्छ । यसको परिणामस्वरूप अनेक किसिमका शारीरिक समस्या देखापर्छन् । लामो समयसम्म तनाव भइरहेमा यही नै पछि गएर मानसिक रोग, जस्तै– डिप्रेसन (अवसाद) आदिमा परिणत पनि हुन सक्छ ।

एकजना गृहिणी छिन् । उनी बिहान सबेरैदेखि बेलुकी अबेरसम्म घरको काममा व्यस्त हुन्छिन् । बिहान दूध समयमा आएन, धारामा पानी आएन, स्कुल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन, तरकारीमा हाल्ने मसला सकिएछ, बच्चाको स्कुलको बस छुट्यो, भान्छामा चिया हाल्दा सिसाको कप फुट्यो, बेलुका बच्चालाई खाजा के बनाउने भन्ने चिन्ता, श्रीमान्को घडी हरायो जस्ता दैनिक समस्यादेखि लिएर घरपरिवारमा बिरामी, विवाह, मृत्युजस्ता ठूला समस्या लिएर उनी मानसिक तनाव वा दबाब भोगिरहेकी हुन्छिन् ।

बेलुकीपख उनको टाउको दुख्छ, ढाड दुख्छ । बिस्तारै–बिस्तारै महिनावारी अनियमित हुन थाल्छ । खानामा रूचि घट्दै जान्छ । निद्रा राम्रोसित लाग्दैन । मुटु बेस्कन ढुकढुक गर्छ । ओछ्यानबाट उठ्दा जीउ कसैले थिलथिलो हुने गरी पिटेजस्तो लाग्छ । उनी कुनै गम्भीर रोग लाग्यो कि भनेर अनेकखाले चिकित्सकहरूलाई देखाउ“छिन् तर, समस्या पत्ता लाग्दैन । एकजना डाक्टर उनको समस्या शारीरिक नभएर मानसिक भएको हुनाले मानसिक रोग–विशेषज्ञकहँ“ जाने सल्लाह दिन्छन् ।

मानसिक रोग विशेषज्ञले उनको रोगको सम्पूर्ण विवरण लिन्छन् । उनको दिनचर्या, भावना र पारिवारिक वातावरणको बारेमा सोध्छन् र अन्तमा निष्कर्ष निकाल्छन्– ‘तपाईंलाई कुनै पनि शारीरिक रोग लागेको छैन । तपाईंको समस्या लामो समयसम्मको मानसिक तनावले गर्दा पैदा भएको हो । यसका लागि खास कुनै औषधिको जरूरत छैन, तर तपाईंले आफ्नो दिनचर्यामा केही परिवर्तन गर्नुका साथै आफ्ना दैनिक जीवनका समस्या, पीर आदिका बारेमा घरपरिवारका व्यक्ति र श्रीमान्स“ग कुरा गर्नुका साथै केही समय केवल आफ्ना लागि पनि खर्च गर्ने गर्नुपर्छ ।’

मानसिक रोग विशेषज्ञको यस्ता निदान र उपचारले उनको समस्या सबै नभए पनि ८० प्रतिशत हराएर जान्छ । अझै कहिलेकाही“ मुटु ढुकढुक हुने समस्याले चाहि“ उनलाई सताइरहेको हुन्छ । तर, उनलाई थाहा छ, यो कुनै शारीरिक रोग होइन । त्यसैले उनी समस्या समाधान गर्न अन्य उपाय अपनाउ“छिन् ।

गाउ“घरमा जीवन सहज छ, मानिसलाई कुनै काम निश्चित समयभित्र भ्याउनु छैन, त्यसैले त्यहा“ मानसिक दबाब केही हदसम्म कम हुन्छन् । किनभने ग्रामीण समाजमा एकले अर्कालाई राम्ररी चिन्छन् । कतै कुनै समस्या परेमा सबैजना जम्मा भएर छलफल गरी उपाय पत्ता लगाउने कोसिस गर्छन् । यसले गर्दा कतिपय घरेलु समस्या पनि सार्वजनिक बन्न जान्छन् र एउटै व्यक्तिले सम्पूर्ण दबाब झेल्नु पर्दैन ।

एउटी कामकाजी महिला छिन् । आफैंले नहेरे सबै कुरा भताभुङ्ग हुन्छ भन्ने उनलाई लाग्छ र सबै ठाउ“मा उनी आफैं भ्याउन लागिपर्छिन्, भ्याउ“छिन् पनि । दैनिक जीवनका यी तमाम क्रियाकलाप र तिनबाट हुने शारीरिक तथा मानसिक थकानका बारेमा उनी कसैस“ग पनि कुरा गर्दिनन् । किनभने उनलाई मानिसले ‘जागिर खाएकी महिलाको बढी किचकिच गर्ने बानी हुन्छ, अन्य सबै महिलाले पनि त काम गरेकै छन् नि’ भन्लान् भन्ने लाग्छ । यस्ता वाक्य सुन्नु नपरोस् भनी उनी आफैंले सबै गर्न सक्ने देखाउ“छिन् । तर, थाहा नपाईकन ४० वर्ष नपुग्दै उनलाई टाउको दुख्ने, रिंगटा लाग्ने, भोक कम हुने समस्या देखापर्छ । उनी डाक्टरकहा“ जान्छिन् । डाक्टरी परीक्षणमा उनको रक्तचाप निकै नै माथि पुगेको हुन्छ । पहिलोचोटिमा त डाक्टरले एक हप्तापछि फेरि आउनुहोस् भनेर कुनै औषधि दि“दैनन् । एक हप्तापछि जा“दा पनि उनको उच्च रक्तचापमा कुनै कमी आएको देखि“दैन । केही परीक्षणपछि उनलाई डाक्टरले रक्तचापको औषधि नै खानुपर्छ भन्छन् ।

उनी औषधि खान सुरू गर्छिन् । रक्तचाप त कम हुन्छ । त्यसले गर्दा टाउको दुख्ने समस्यामा पनि कमी आउ“छ । तर, अन्य समस्या, जस्तैः सानो–सानो कुरामा रिस उठ्ने, कसैस“ग बोल्न मन नलाग्ने, कतै जान मन नलाग्ने, सबै काम बोझिलो लाग्ने तर पनि गरिरहनुपर्ने समस्याचाहि“ यथावत् नै रहन्छन् । उनी उच्च रक्तचापका बिरामी भएको कुरा सबैलाई थाह हुन्छ, तर उनका अन्य समस्या उनीभित्रै रहन्छन् । उनी त्यसैस“ग बा“चेकी छिन् ।

अमेरिकाको कोलम्बस सहरको ओहायो विश्वविद्यालयका मनोवैज्ञानिक टिलमर एन्गेब्रेस्टनले यस विषयमा अनुसन्धान गरेर के फेलापारे भने लगातारको रिस, आवेग र आक्रोशले मुटुका कोषहरूलाई बिगार्ने काम गर्छन् र शरीरमा नराम्रो खालको बोसो बढाउ“छन् । किन होला त लगातारको रिस, आवेग र आक्रोशले हाम्रा लागि यस्तो विषजस्तै काम गर्ने ? वैज्ञानिकहरूले अनुसन्धान गरेर यसको कारण पत्ता लगाएका छन् । रिस उठ्दा वा आवेगमा आउ“दा हाम्रो मुटुको धड्कन बढ्छ र हाम्रो शरीरको एड्रेनालिन नामक तनावजन्य आन्तरिक रस (स्ट्रेस हर्मोन) पनि बढ्न जान्छ । एड्रेनालिनले रक्तचापलाई बढाउ“छ जसले गर्दा शरीरका कोषिकामा भएको कोलेस्टेरोल रगतमा प्रभावित हुन्छ । एङ्गर किल्स् (‘रिसले मार्छ’) भन्ने पुस्तकका लेखक डा. विलियम भन्छन्, ‘रिसाएको, तनाव वा दबाबमा भएको र लगातार नकारात्मक सोचाइ राख्ने मानिसको रगतमा हामीले एडे«नालिनको मात्रा बढी पाएका छौ“ ।’

ढाड दुख्ने रोग आजभोलि हरेक तेस्रो व्यक्तिलाई छ । उनीहरूमध्ये कतिपयको ढाड वा हड्डीका कुनै ठाउ“मा खराबी पाइ“दैन तर त्यसको लागि अनेक थरीका औषधिको प्रयोग गरिन्छ । दुखाइ कहिले कम हुन्छ, कहिले बढी हुन्छ, तर त्यसले छोड्नचाहि“ कहिल्यै छोड्दैन । ढाड दुख्ने रोगजस्तै छालाका विभिन्न समस्या पनि मानसिक तनावस“ग सम्बन्धित छन् । चिन्ताले पेटमा घाउ पनि पार्छ । लगातार तनावमा भइरहने मानिसको अनुहार निन्याउरो, अ“ध्यारो वा कालो हुन्छ । हामी कुनै मानिसलाई देखेर भन्ने पनि गर्छाैं, ‘कस्तो, जहिले पनि रिसाइरहने अनुहार’ अथवा, कुनै मानिसको उज्यालो अनुहार देखेर हामी भन्ने गर्छौं, ‘जहिले पनि हा“सेको हा“सेकै, केही चिन्ता–पीर छैन कि क्या हो ?’

मानिसले ठूला–ठूला दुःख र पीडालाई पनि बिर्सेर जीवन सुचारूरूपले चलाएको हुन्छ । तपाईं–हामीले कति परिवारमा देखेका छौ“, कुनै महिलाले ठूलो दुर्घटना हवाईजहाज वा बम विस्फोटमा परिवारका दुई–तीनजना सदस्य एकैचोटि गुमाउ“छिन्, वा विवाह गरेको दुई–तीन वर्षमा नै श्रीमान्को मृत्यु हुन्छ, वा लामो समयको प्रतीक्षापछि गर्भवती भएर जन्मेको नाबालक शिशुको मृत्यु हुन्छ, आदि । यस्ता दुर्घटनापछि घरपरिवारका सदस्य र महिलाहरू रूने, दुखित हुने र ‘जीवन नै निरर्थक’ त भन्न सक्छन् तर समय बित्दै गएपछि बिस्तारै यस्ता दुर्घटनाको बारेमा कुराकानी गर्दा मन केही दुःखी भएर आउने भए पनि जीवनचाहि“ सामान्य अवस्थामा चलिरहन्छ ।

त्यस्तो बेलामा हाम्रो मनमा ‘ओहो यस्तो दुःख पनि त्यस व्यक्तिले कसरी सह्यो होला वा बिस्र्यो होला’ भन्ने भाव पैदा हुन्छ । यसरी दैनिक जीवनका स–साना घटना, स–साना तनाव, स–साना चिन्ताले मानिसलाई दीर्घरोगी बनाउन सक्छ तर प्रकृतिले मानव शरीरलाई अनेक दुःखपूर्ण अवस्थाबाट पार भएर स्वस्थ जीवन जिउन सक्ने क्षमता पनि त दिएको छ ।

पश्चिमी जगत्का विभिन्न वैज्ञानिकले के सिद्ध गरिसकेका छन् भने मानिसको शरीरमा चिन्ता, पीर, खुसी, सकारात्मक र नकारात्मक भावनाले उसको शरीरका कोषिकामा असर पार्छन् । त्यही कारणले मानवीय भावनास“ग शरीरभित्रको हर्मोन (आन्तरिक रस) पनि बढ्ने वा घट्ने प्रक्रिया हुन्छ । मानसिक चिन्ताले ग्रस्त भएका व्यक्तिमा रोग प्रतिरोधात्मक शक्ति पनि कम हुन्छ । त्यस्तै प्रकारले घरमा बिरामी मान्छेको हेरचाह गर्ने गृहिणी, सामान्य ठाकठुक परेर बोलचाल बन्द गरेका श्रीमान्–श्रीमती, स्कुलमा बच्चाले जा“चमा कम नम्बर ल्याउ“दा बच्चालाई पिट्ने, झपार्ने, कराउने मातापिता आदिमा चाहि“ नकारात्मक मानसिक तनाव परिरहन्छ । वास्तवमा मानिसको मनमा भएका सकारात्मक र नकारात्मक दुईवटै कुरा उसको अनुहारमा स्पष्ट देख्न सकिन्छ । यसको मुख्य कारण शरीरभित्र हुने आन्तरिक प्रक्रिया नै हो ।

मानसिक तनावलाई हटाउने केही उपाय
त्यसो त आधुनिक मानसिक तनावलाई हटाउन सकि“दैन । तर, कुनै समस्यालाई हेर्ने दृष्टिकोण फरक पारेर पनि चिन्ता र तनावबाट केही हदसम्म बच्न सकिन्छ । जस्तै, कुनै दिन घर फोहोर भएको बेलामा पाहुना आए भने तपाईं भित्रभित्रै मुर्मुरिनुहुन्छ । यसलाई तपाईंले कूचो लगाउन पाउनुभएन भन्ने सोचेर श्रीमान्स“ग रिसाउ“दै बच्चालाई झापड हिर्काउनुभन्दा अर्कै दृष्टिकोणले हेर्न सकिन्छ । ‘पाहुनाहरू आउ“दा घर केही फोहोर त भयो तर आफ्नै घर हो सफा भइहाल्छ, पाहुनाहरू पनि कुनै अर्कै लोकका मानिसहरू होइनन्, चिनेजानेका मान्छे नै त हुन् नि’ सोचाइमा यसरी साधारण परिवर्तन हुनेबित्तिकै तपाईंको मनमा विषालु तŒव पस्न पाउ“दैन ।

आजको समाजमा हामी सबैलाई आर्थिक समस्या थोरबहुत मात्रामा अवश्य नै परिरहेको हुन्छ । यस्तो बेलामा श्रीमान् र श्रीमतीको बीचमा हुने ठाकठुकले उनीहरूमा मात्र तनाव बढ्ने होइन कि यसको असर बच्चाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत पर्न जान्छ । आर्थिक समस्यालाई आजको भोलि नै सुल्झाउन सकिन्न । तर, आफ्ना जरूरतहरू कम गरेरचाहि“ केही हदसम्म बच्न सकिन्छ । कसैले विवाह भोजमा बोलाउ“दा हरेकचोटि नया“ लुगा र नया“ गहना किन्नैपर्ने बाध्यताबाट आफूलाई मुक्त गर्न सक्नुभएमा पनि आर्थिक समस्या र मानसिक तनावबाट बच्न सकिन्छ ।

शारीरिक व्यायामलाई मानसिक तनाव कम गर्ने सरल वा सुलभ उपायका रूपमा लिन सकिन्छ । लगातार गरिरहने कामले वाक्क लाग्नु नै तनावको कारण बन्न जान्छ । अनि त्यही तनावले फेरि स्वास्थ्यमा नराम्ररी प्रभाव पार्छ । त्यसैले बिहान–बेलुका हि“ड्ने, कसरत गर्ने गरेर तनाव घटाउन सकिन्छ । हि“डाइले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्छ भन्ने विभिन्न अनुसन्धानले सिद्ध गरिसकेका छन् । हि“ड्दा, दौड“दा, खेल्दा, हँ“स्दा शरीरमा सकारात्मक रसहरू पैदा हुन्छन् । तिनले शारीरिक तनावबाट पैदा हुने विषालु त

0 comments to “मानसिक तनावले जन्माउन सक्छ शारीरिक समस्या”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates