Wednesday, January 25, 2012

जुन बाटो यात्रा शुरु गर्छौ अन्त पनि त्यसैगरि हुन्छ

,
जिवनममा हरेक पटक हास्न खोज्दछु तर आखाँमा आशु आईदिन्छ । किन मलाई मात्र यस्तो? मैले चाहेका त केहि पनि कुराहरु गर्न पाएको छैन। मेरो जिवनमा सधै अरुले नै धेरै कुराहरु चाहे, जुन मैले सधै इमान्दारिताका साथ पुरा गरे । के मेरो जिवन मेरा लागि होईन । म मेरा लागि हैन । मेरा इच्छा खुशि चाहाना सपना केहि पनि मेरा लागि होईन त्यसो हो भने म किन अरुको लागि सधै बाचु, म पृथ्बी को भार भएर बाच्नै चाहन्न।

यसरी र यस्तो अवस्था एक पटक यो संसारमा जन्म लिने हरेक मानिसको जीवनमा आएर जान्छरे जसले यस अवस्थामा आफुलाई सम्हाल्न सक्छ उसले नै जीवन बाच्ने कला जानेको हुन्छ रे। हरएक परिस्थितीमा आफुलाई सम्हाल्नु र सहि बाटो हिडनु भनेको जाडो यामको चिसोमा एका बिहानै बाहिर बसेर हिउँ मिश्रित पानिले सधै नुहाउनु भन्दा कठिन छ रे । तर सधै नुहाउनु पर्ने मानिसले नुहाएरै छाडछ त्यसैले हामिले पनि आफनो यात्रा रोक्नु हुन्न रे।
यी माथिका उपदेश लाग्ने कुराहरु मैले पनि बिभिन्नगुरुहरुको मुख बाट र बिभिन्न किताबमा पढेकि हुँ। सायद तपाँईहरुले पनि पढनु भएको होला।
हामिले आफनो जीवनको लागि केहि वाचाहरु पनि गर्न सक्छौ रे यसरी... जे जस्तो परिस्थितिमा पनि म हास्ने छु मेरो जिवनको हरएक दिन हरएक पल मेरो लागि खास समय हुनेछ वा भनौ म मेरो लाइफको स्टार आफै हुँ । अब म मेरो लागि बाच्छु आफै भित्र रमाइलो खोज्दछु र आफैमा रमाउछु । जजसले मेरो हासोमा हासो थप्छन उनिहरुकै बिचमा म रमाउछु र मेरो लागि आउने कुनै पनि अवसर मेरा लागि महत्वपुर्ण छ र काम म पुरा इमान्दारिताका साथ गर्ने छु। मलाई अगाडि बढनु छ ।विगतमा भएका गल्ति कमि कमजोरी बाट सिकेर अघि बढनु छ। विगत सम्झेर रुनु छैन र आफुले आफैलाई कोषने छैन । जसको शुरुवात म आज बाट गर्ने छु । सधै हास्नु र आफुलाई खुशि राख्नु मेरो पहिलो सुरुवात हो । म सधै नकारात्मक सोच्दथे भने अबको मेरो सोच सधै सबै कुरामा सकारात्मक हुनेछ ।
जिवन एउटा बस वा ट्रेनमा गरिने यात्रा रहेछ जन्मिनु यात्राको सुरुवात हो भने मर्नु भनेको गन्तव्यमा पुग्नु हो । यात्रामा धेरै थरिका मानिसहरु भेट हुन्छन तर सबै सँग सधै यात्रा गर्न काहा सकिन्छ र जिवन पनि यस्तै रहेछ भनेर बुझनु पर्छ रे ।
जिवन जिउनु पनि एउटा कला हो रे ।राम्रो कुराहरु सोच्दा संसारै रमाईलो हुन्छ रे जब सोचाईको सिमाले गलत बाटो बाट हिडन थाल्छ त्यसपछि जिवन खतम पनि हुन्छ रे।

जाहा जीवन हुन्छ त्याहा माया हुन्छ रे । जाहा माया हुन्छ त्याहा विश्वास पनि चाहिन्छ रे । माया र विश्वासको सधै झगडा हुन्छ रे । किन त भन्दा, त बलियो कि, म बलियो भनेर । त्यसैले यो माया सँग सधै विश्वास नामक साहै कमलो डोर हुन्छ रे ।त्यसलाई आफुले सम्हाल्न सकेन भने यो नराम्रो सँग चुडिन्छ रे । र त्यस विश्वासलाई फेरी पहिलेकै अवस्थामा ल्याउन धेरै गारो हुन्छरे ।
अगुल्टोले हानेको कुकुर बिजुली चम्कीदा तर्सन्छ भन्ने उखान जस्तै हुन्छ रे विश्वास जो एक पटक चुडिएपछि सकियो । चुडिएर जोडिएको विश्वास भनेको चाहि छिनेर गासेको डोरि जस्तै हो रे जसको गाठो सबैले देख्छन । त्यसैले जसलाई आफनो सम्झि माया गरिन्छ उसको विश्वास कहिल्यै नतोडनु रे । तर कहिले काहि सबैको जीवनमा कसै न कसैले विश्वास तोडेका हुन्छन रे त्यसैले हामिले कसै सँग गरेको बाचा र अठोटको लागि समय दिनुपर्छ रे आफु पनि उ प्रति सकारात्मक हुनु पर्छ रे उसका गल्तिलाई पहिचान गर्न र सुधरिन सहयोग गर्नु पर्छ रे । तर मुख्य कुरा चाहि एउटा मान्छेले गल्ति कति पटक सम्म गर्छ र कति पटक सम्म उसलाई वेवास्ता गर्ने र सुध्रिने मौका दिने भन्ने मात्र हो रे ।
गुरु भन्नु हुन्छ ..तिमि जसलाई सबै भन्दा बढि माया गर्छौ उसलाई तिमि कति पटक सम्म चोट पुरयाउन सक्छौ ?उसलाई तिमि दुख दिन चाहन्छौ ?वा उसलाई बिर्षिएर तिमि अन्त रमाउन सक्छौ ?यदि सक्छौ भने तिमि उसलाई मुख र बोलि बाट मात्र माया गर्दछौ तिम्रो यो माया होईन तिमि भ्रममा छौ तिमि भोलिकुनै पनि दिन अर्को साथि भेटने बितिक्कै उसको मायालाई सजिलै भुलेर अन्त रमाउनसक्छौ। धेरै माया गर्नेहरुले आफनो मायालाई सधै पहिलो बनाएर राख्छन । उ बाट आउने खुशि मात्र उनिहरु का लागि हुन्छ । तर मुखले माया गर्छु भन्छौ अनि कामले चाहि सधै उसलाई रुवाउछौ उसको कुनै कदरै छैन वेवास्ता गर्छौ तिम्रो लागि उ कुनै पनि कुरामा पहिले हुदैन भने तिमि स्वार्थी छौ । तिम्रो त्यो माया हैन क्षणिक आकर्षण मात्र हो । यस्तोमा तिमि सधै पहिला आफनो लागि अनि मात्र उसलाई सोच्दछौ तिमि कसैलाई पनि मन देखि माया गर्न नै सक्दैनौ तिमि त केवल आफनो लागि मात्र बाच्दछौ तिमिले संसारको भौतिक सुख सबै पाउछौ तर साचो माया पाउदैनौ तिमि एक्लो हुन्छौ र कुनै दिन साँचो र चोखो मायाको लागि भौतारिन्छौ तर तिम्रो पैसा र शानले त्यो सब किन्न सक्दैन र तिमिले जति बेला मायाको अर्थ बुझदछौ त्यसबेला सम्म तिमिलाई आफनो ठानेर माया गर्ने कोहि हुन्न। तिमि केवल एक्लो हुनेछौ ।
त्यसैले आजै सोच बिचार गर आफनो बाकि जीवन तीमी कसरी बिताउछौ ? आफनो लक्ष्य के हो र सहि बाटो कुन हो ? तिमी एक्लै जीवन जीउने कि साथी सँग जीउने त्यो निर्णय पनि आज तिम्रै हातमा छ । जीवन भनेको अगाडि बढनु हो ,तर गलत बाटो बाट हैन । आज जुन बाटो बाट तिमि आफनो यात्रा शुरु गर्छौ त्यसको अन्त पनि त्यसैगरि हुन्छ ।

0 comments to “जुन बाटो यात्रा शुरु गर्छौ अन्त पनि त्यसैगरि हुन्छ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates