Thursday, May 5, 2011
Posted by
MY WORDS
,
at
11:17 AM
यतिबेला म एउटा प्रतियोगिताको प्रतियोगि भएकि छु । त्यहा जानु अघि मलाई त्याहाको बारेमा केहि थाहा थिएन तर कुनै पनि कुरालाई हामि जति सजिलो मान्छौ त्यो त्यति सजिलो नहुने रहेछ देखेको भन्दा गारो नै रहेछ । त्याहा जाने मेरो एउटै उदेश्य हो भिन्न भिन्न किसिमका महिलाहरु को बारेमा नजिक बाट जान्न पाउनु र त्याहा आउने प्रशिक्षकहरु पनि हुन । उहाँहरुको नजर बाट हाम्रो समाज लाई हेर्ने र जान्ने मौका पाउनु मेरो लागि ठुलै उपलब्धी हो । त्याहा सिकेका कुराहरुले जिवन र जगतलाई हेर्ने र बुझने कुराहरु नै फरक पाएकि छु । आफुले आफैलाई चिन्न र जान्न सिक्दैछु । प्रतियोगितामा भाग लिनु भनेको जित्ने उदेश्यका साथ हो मलाई थाहा छैन म जित्छु कि हारछु तर कोशिस भने अवश्य जित्ने हुनेछ । यदि हारे भने के हुन्छ मैले सोचेकि छैन ।हामि बाइस जना छौ जित्ने एक जनाले हो भने हारने एक्काईस जनाले हो त्यसैले मलाई लाग्छ त्यहा हारनेको बहुमत हुनेछ । हार र जित हरएक प्रतियोगिताको नियम हो । त्याहाका मेरा धेरै साथिहरुले भन्छन हारनु भनेको अरुको नजमा आफु नजान्ने ठानिनु हो उनिहरुको हेपाई खानु हो आफनो अलि अलि भएको सम्मान पनि गुमाउनु हो यो हार सँगै हाम्रो जिवन खतम हुन्छन उनिहरु भन्छन । यी सबै उनिहरुको कुरा सुनिसकेपछि मैले पनि सोचे के साच्चै उनिहरुले भने जस्तै हुन्छत । हारनु भनेको सबै कुरा खतम हुनु हो त ?उनिहरुले जे भने पनि प्रतियोगिताको तयारी साच्चै राम्रो छ सिक्न धेरै कुराहरु पाएकि छु ।अन्तमा तपाई जसले मेरो यो लेख पढनु भयो मेरो लागि दिन सक्नु हुन्छ भने धेरै नभएपनि एउटा भोट चाहि अवश्य दिनु है मलाई भोट यसरी गर्न सक्नु हुन्छ । Mrs(space)10 लेख्ने अनि 4243 मा पठाउने ।
Subscribe to:
Post Comments (Atom)