Friday, May 6, 2011

,
हिँसा चाहे महिलामाथि होस वा पुरुष माथि त्यसलाई कहिल्यै स्विकार्नु हुन्न । हिँसा बाट पिडित महिला र पुरुष दुबै हुन सक्छन तर तथ्याङकलाई आधार मानेर हेर्दा हिँसाको सिकार पुरुष भन्दा बढि महिला नै भएको पाईएको छ । यो एउटा गम्भिर र चिन्ताको बिषय हो । समाजमा महिला भन्ने बितिक्कै दोस्रो दर्जाको व्यवहार गरिन्छ । पुरुषको तुलनामा महिलको महत्व नहुने सामाजिक मान्यता, महिला माथि हुने हिँसालाई स्विकार्ने र सामान्य मान्ने चलन का कारण पनि महिला माथि हिँसा हुने गर्दछ । गर्भमा छोरी भए गर्भपतन गराउने चलन बढिरहेको छ । एउटि बालिकालाई उनको भाई वा दाजु लाई भन्दा कम अवसरहरु दिइने गरिन्छ ।खाना ,शिक्षा,स्वास्थ्य उपचार र माया मा पनि भेदभाव गरिन्छ । कुनै घरमा छोरा र छोरी दुबै छन तर चकलेट बिस्कीट हरु दिदा छोरा लाई दुई बटा दिर्ईन्छ भने छोरी लाई एक वटा मात्र दिईने गरिन्छ । त्यस्तै छोरीलाई सरकारी स्कूल र छोरालाई बोडिङ स्कूलमा पढाईन्छ । हिँसा भनेको कुटने पिटने मात्र होईन । बोलि बाट पनि हामि कसैमाथि हिँसा गरिरहेका हुन्छौ । महिला विरुद्यको हिँसा गम्भिर मुदा हो यसमा परिवर्तन ल्याउनु आवश्यक छ । हामिले आफनो जिवनमा गरेका साना साना कुराहरुमा ध्यान दियौ भने पक्कै पनि हिँसालाई केहि कम गर्न सक्छौ । अब कसैमाथि हुने हिँसा निजि मामिला होइन यो त सामाजिक समस्या हो । यो कुनै वर्ग, जात,धर्म,शिक्षा र भूगोलमा मात्र सिमित नभई सिँङ्घै समाज भरि फैलिएको छ । हाम्रो सामाजिक प्रचलनका कारण पनि हिँसा बढेको पाईन्छ । धेरै महिलाहरु हिँसाको सिकारमा परेका छन र चुपचाप पीडा र दुख सहिरहेका छन । त्यसैले यस्ता सामाजिक विभेद र हिँसा हुने कारण हरुलाई हाम्रो समाज बाट हटाउने प्रण आजै बाट शुरु गरौ । हाम्रो घर र समाजलाई हिँसा मुक्त बनाऊ । हिँसा मुक्त समाज बनाउनु चुनौति पूर्ण छ तर असम्भव भने छैन ।

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates