डिप्रेशन भनेको मानसिक रोग हो । भावनामा हुने गडबडीलाई इमोशन वा मुड डिसअर्डर भन्छौं । डिप्रेशन मुड डिसअर्डरकै एक प्रकार हो । हामी आफ्नो दैनिक जीवनमा एकनाशको मुडमा हुन्छौं । जब केही कारणले तनाव, असफलता वा विछोड हुन्छ हामी निराश वा उदास हुन्छौं र हामी स्वभाविकभन्दा धेरै समयसम्म त्यही अवस्थामा रहन्छौं भने त्यो डिप्रेशन भएको मानिन्छ । कहिले काही निरासाको कारण स्वयं व्यक्तिलाई पनि थाहा नभएको हुन सक्छ । डिप्रेशनमा केही गर्न मन नहुने, जोश जा“गर, फूर्ति नहुने, केही गर्न खुशी नहुने हुन्छ । निरासा असैह्य भई व्यक्तिको दैनिक जीवनचर्यामा यसले नराम्रो प्रभाव पार्छ । विशेषतः भावना धेरै संकुचित र निराश हुनेलाई डिप्रेशन भनिन्छ ।
डिप्रेशनको कारण यही हो भनेर ठम्याउन गाह्रो हुन्छ जसमा धेरै कारणहरु हुन सक्छन् । जस्तै पारिवारिक, वातावरणीय, राजनीतिक, आर्थिक, वंशानुगत कारण र आप्mनो पढाई सम्बन्धी लगायतका धेरै कारणहरुले डिप्रेशन हुने नहुने कुरामा असर गर्दछ । त्यसैले यही कारण हुन्छ भन्न सकि“दैन । किनभने मानसिकता (मुड) जतिबेला पनि परिवर्तन भइरहन्छ । समस्या अनुसार डिप्रेशनको विभिन्न कारणहरु हुन सक्छ । जस्तै हरेक असफलताहरूलाई आप्mनो कमजोरी वा दोष ठान्नु, भविष्यप्रति निराश हुनु, एउटै नकारात्मक घटनाबाट आप्mनो जीवनको निष्कर्ष निकाल्नु आदि । त्यस्तै पर्याप्त रुपमा हौसला नपाउनु र बाल्यकालका नकारात्मक सिकाई र घटनाहरूले गर्दा पनि डिप्रेशन हुन सक्छ ।
भावनामा असर पुग्ने, दुःखी हुने, केही कुरामा खुशी हुन नसक्ने, रमाइलो हुन नसक्ने, संसार कालो सेतो मात्र लाग्ने, रून मन लाग्ने, कसैस“ग कुरा गर्न मन नलाग्ने, उत्सुकता नहुने डिप्रेशनका भावनासम्बन्धित लक्षणहरू हुन ।
सोचाई सम्बन्धित लक्षणहरू जोश जा“गर फूर्ति हु“दैन, सोचाईमा कमी आउ“छ, पढाईमा पनि रूचि नभएकाले कमजोर हु“दै जान्छ । आफु, संसार र भविष्यप्रति नकारात्मक र निराशाजनक विचारहरू आउनु साथै आपूmलाई दोषी ठान्नु । अन्तिम अवस्थामा पुग्दा यति नराम्रो लाग्न सक्छ कि आत्महत्या गर्नसम्म पुग्न सक्छ ।
उत्सुकता सम्बन्धित लक्षणहरू चुपचाप बस्ने, चञ्चलपन कम हुने, जा“गर नचल्ने हुन्छ । अभिप्रेरणाको कमी हुने जसले गर्दा उत्सुकता हु“दैन र केही गरू“ भन्ने भावनामा ह्रास आउ“छ । खानपिनमा रूचि कम हुनु ।
शारीरिक सम्बन्धित लक्षणहरू ,आत्तिएर ढुकढुक हुने, शरीर झमझमाउने, टाउको दुख्ने, टाउको भारी हुने, वाकवाक लाग्ने र तौल घट्ने हुन्छ ।
के डिप्रेशन पुरूषमा भन्दा महिलामा धेरै हुने गर्छ ?
वास्तवमा संसारभरिको सर्वेक्षणअनुसार पुरूष र महिलामा बराबरी नै डिप्रेशन भएको पाइन्छ । ५ मध्ये १ मानिस डिप्रेशनबाट प्रभावित भएको हुन्छ । व्यक्त गर्ने तरिका फरक भएकाले महिलामा डिप्रेशन धेरै भएको देखिन्छ । पुरूषहरू डिप्रेशन भएमा लागूपदार्थ, मादक पदार्थतिर लाग्ने, बाहिर घुम्ने, रक्सी खाने, चुरोट खाने आदि गर्छन् जसले गर्दा नेपालमा पुरूषमा ६ प्रतिशत र महिलामा १२ प्रतिशत डिप्रेशन देखिएको छ । हाम्रो समाजमा महिलाहरू बाहिर निस्कने, रक्सी चुरोट खाने प्रचलन धेरै कम छ जसले गर्दा उनीहरू आफैमा रूने, आफ्नो कुरा लुकाउने गर्छन् । तत्कालै कुनै सहयोेग वा उपचार नपाउनाले पनि नेपाली महिलाहरूमा डिप्रेशन बढी देखिन्छ । प्रायः वर्षौं दिन भएपछि, घरको काम गर्न छाडेपछि मात्र उनका परिवारले महिलालाई अस्पताल लिएर आउने गरेको पाइन्छ ।
डिप्रेशनको यही कारणले हुन्छ भन्ने हु“दैन ।डिप्रेशनको उपचार गर्ने दुई तरिका हुन्छन् र राम्रोस“ग गर्न सकिन्छ । एउटा औषधीबाट र अर्को साइको थेरापी अर्थात् परामर्श । औषधीले नै उपचार सुरू गर्नुपर्छ किनभने डिप्रेशन भएको मान्छेको शारीरिक लक्षण पनि धेरै हुन्छ । हामीकोमा मानिसहरू वर्षौ डिप्रेशन भएपछि बल्ल उपचार गराउन आउ“छन् । त्यस्तोमा एकैचोटी परामर्श दिन खोज्यो भने दिमागमा केही पनि छिर्दैन । त्यसैले पहिले उसको शारीरिक लक्षणलाई हटाएर सुधार गर्न औषधी प्रयोग गर्नुपर्छ । त्यसको एक दुई महिनामा उसमा आत्मविश्वास बढ्दै गएपछि त्यसलाई कायम राख्नका लागि परामर्श दिइन्छ ।डिप्रेशनको उपचार कम्प्लिकेशन नहोस् भन्नका लागि गरिन्छ । मुख्य कम्प्लिकेशन आत्महत्या र दोस्रो कम्प्लिकेशन काम गर्ने क्षमतामा कमी हुनु हो । डिप्रेशनको चरमसीमामा पुगेर आत्महत्या गर्ने कोसिश गरेमा अन्तिम उपायस्वरूप इलेक्ट्रिक सक लगाउने गरिन्छ । सबैभन्दा पहिले लक्षण देखिएपछि सचेत हुनुपर्छ र बोध गर्नुपर्छ कि यो मानसिक रोग पनि हुन सक्छ । मलाई त्यस्तो रोग छैन भन्ने सोच्नुभएन । मानसिक समस्या भएमा डक्टरलाई देखाउन हिचकिचाउनु भएन ।मानिस आफैले आफ्नो समस्याको समाधान गर्नु पर्नेहुन्छ, कोही अरूले गरिदिदैन, ।
Thursday, February 24, 2011
Subscribe to:
Post Comments (Atom)