सफल वैवाहिक जीवन त्यसैलाई मानिन्छ जहा“ श्रीमान् श्रीमतीबीच द्वन्द्व हु“दाहुदै पनि उनीहरू त्यसलाई सही तरिकाले समाधान गर्दै सुखद जीवन व्यतित गरिरहेका हुन्छन् । कैयन् सवालहरूमा दुई जनाबीच मतभेद हुनु स्वाभाविक कुरा हो । किनभने दुई अलग–अलग व्यक्तिका सबै विचार समान हुन सक्दैनन् । यद्यपी विचारको भिन्नता ज्यादा भयो भने द्वन्द्व निम्त्याउ“दछ । द्वन्द्व र असहमति वैवाहिक जीवनका अंग हुन । तर द्वन्द्वलाई व्यवस्थित गरेर मात्र सफल वैवाहिक जीवन सम्भव छ ।
यस्ता कुराहरूलाई बेवास्ता गर्नुस् जो असहमतिका मुद्दा बन्न सक्छन् । झगडा सिर्जना गर्ने परिस्थिति जब पहिलो चरणमाहुन्छत्यति बेला नै त्यसलाई सम्हाल्ने प्रयास गर्नुस् । राम्रो गर्नका निम्ति तपाईले जे जे गर्न सक्नुहुन्छ त्यसको सक्दो प्रयास गर्नुस् । यसल ेतपाईको वैवाहिक जीवन सफल बनाउन मद्दत् गर्नेछ ।
एक अर्काको ध्यान दिनु र सम्मान गर्नु नै सुखी वैवाहिक जीवनको शक्ति हो । दुईजनाबीच मायाप्रेम हुनु आवश्यक छ । एक अर्काप्रति गरिने र देखाउने सम्मानले वैवाहिक जीवनलाई लामो समयसम्म सुमधुर बनाउन सघाउ“छ । त्यसैले समय–समयमा आपूmले गर्ने माया र सम्मानको अनुभूति साटासाट गरिराख्नु पर्छ । यसले असहमति र विवादको अवस्थामा पनि तपाईको वैवाहिक जीवनलाई जीवन्त बनाउ“छ ।
एकअर्काका लागि भनेका वचनहरू सम्झिराख्नुस् । जीवनमा आउने हरेक परिवर्तनहरूलाई स्वीकारेर अगाडि बढ्दै जानुस् । साथै जीवनसाथीलाई बुभ्mने प्रयास पनि गर्नुस् । जीवनमा उसको महत्व र कदरका कुरा साथीलाई भन्नुस् । यस्तै आप्mना आशा र सपना पनि साथीस“ग बा“ड्नुस् । उसलाई आप्mना भावनाहरूमा सम्मिलित गर्नुस् । योजना र परिस्थितिमा हुने परिवर्तनका लागि साथीस“ग सल्लाह गर्ने व्यवहारले दुईजनालाई भावनात्मक रूपमा बा“धेर राख्छ
जीवन संघर्षपूर्ण छ त्यसैले जीवनमा आउने हरेक संघर्षका लागि आपूmलाई तयार राख्नुस् । बिहेका सुरूवाती दिनहरूमै यी संघर्षका कुराहरूको वास्ता हुदैन । परिवर्तनको खास सुरूवात पहिलो बच्चाको जन्मदेखि हुन्छ । त्यसपछि जीवनमा विस्तारै जिम्मेवारी बढ्दै जान्छन् । चुनौतीहरू पनि थपिन्छन् । त्यसैले समझदारीका साथ ती जिम्मेवारीलाई निर्वाह गर्नु र साहसपूर्वक चुनौतीको सामना गर्नु नै सफल वैवाहिक जीवनको मन्त्र हो ।
वैवाहिक जीवनमा असमझदारी आउनु हुदैन । यसलाई जति सक्दो छिटो हटाउने प्रयास गर्नुस् । यदि केही यस्तो कुरा छ जो तपाईलाई मन पर्दैन भने त्यसबारे साथीलाई भन्नुस् । साथै समाधानका बाटो खोज्न तिर लाग्नुस् । भनिन्छ दुःख पछि सुख हुन्छ । त्यसो भन्दैमा प्रयासै नगरी सुख आउ“छ भन्न सकिन्न । त्यसका लागि आफैंमा भरपर्छ कि हामीले समस्यालाई कसरी हेर्छौं र समाधानको प्रयास कसरी गर्छौं । समस्या समाधानको पहल र समझदारीमै सफल वैवाहिक जीवन निर्भर हुन्छ ।
Wednesday, February 23, 2011
Subscribe to:
Post Comments (Atom)