चार दशकभन्दा बढी रेडियो नेपालमा कार्यरत कल्याणी रिमाल एक सफल श्रीमती, गृहिणी र आमाका रूपमा आफूलाई परिचित गराउन चाहने कल्याणी रिमाल ‘हरिप्रसाद–कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठान’की संरक्षक पनि हुनुहुन्छ । उहा“ ०११ सालदेखि ०५३ सालसम्म रेडियो नेपालमा विभिन्न कार्यक्रमहरूकी सञ्चालिका एवम् समाचारवाचिका रहिसक्नुभएको छ । रेडियो नेपालका संस्थापक सदस्य, प्रथम गायक, सङ्गीतकार, नाटककार हरिप्रसाद रिमालकी श्रीमती उहा“ अहिले अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ ।
आमा चन्द्रकला र बुबा कृष्णप्रसाद पौडेलका पा“च छोराछोरीमध्ये कान्छी छोरीका रूपमा कोटेश्वर काठमाडौंमा ७३ वर्षअघि मङ्सिर महिनामा उहा“को जन्म भएको हो । बुबाले राखिदिनुभएको आफ्नो नामको अर्थ बताउ“दै उहा“ भन्दै हुनुहुन्थ्यो, ‘भगवती दुर्गा जसको कल्याण गर्ने या सबैको भलो गर्ने भन्ने अर्थ हुन्छ । त्यसैले पनि कसैको नराम्रो होस् भन्ने लाग्दैन । वातावरण राम्रो भए, सुखी मान्छे भए उसको छायाबाट नै सुख–सन्तोष मिल्छ । म मात्रै सुखी हु“, अरू खराब हुन् भन्ने सोच्यो भने त वातावरणले नै मानिसलाई दुःखी बनाइहाल्छ नि ।’ अभिव्यक्ति दि“दै गर्दा उहा“को मिजासिलो स्वभाव स्पष्ट छछल्किरहेको थियो ।
उहा“ले भारतको बनारसमा बाल्यकाल बिताउनुभएको हो । ‘त्यही“ एवम् रूपले हुर्किए“, मैले हाइस्कुल पनि त्यही“बाट पास गरे“ । त्यसपछि बम्बैमा गएर प्रमाणपत्र तह गर्ने कि भन्ने सोच राखेकी थिए“, तर आमाहरू बनारसबाट नेपाल आउनुभएका र यतै आएर अध्ययन गरे पनि हुन्छ भन्नुभएकाले म नेपाल आए“ । यहा“ आएर पद्मकन्यामा मैले प्रमाणपत्र तह अध्ययन गरे“ ।’ यसरी उहा“ले भारतको आफ्नो बाल्यकाल र नेपाल आइपुगेको परिस्थितिबारे बताउनुभयो ।
गर्मीको त्यो ठाउ“मा सा“झ अबेरसम्म गंगाजीमा पौडी खेलेको, लुकामारी, भातपकाइ खेलेर हुर्किएको सम्झ“दै र अनुहारमा मुस्कान थप्दै उहा“ले सुनाउनुभयो– ‘त्यो जिन्दगी पनि रमाइलो थियो ।’ स्कुलमा सरस्वती पूजा गर्दाको रमाइलो उहा“लाई विशेष सम्झना हुन्छ । उहा“का अनुसार, त्यो ठाउ“ र त्यो रमाइलोको याद आउ“दा उहा“लाई अझै त्यहा“ जाउ“m–जाऊ“ लाग्छ रे ।
बेलाबेलामा ‘मैले बिर्सिसके“’, ‘तथ्य कुरा भन्न सक्दिन“’ भनिरहने कल्याणीका प्रत्येक शब्द मेरा लागि प्रेरणादायी र रोचक बनिरहेका थिए । यो मिठास र अनुभवलाई दुरूस्त लेख्न सक्छु कि सक्दिन“ भन्ने प्रश्नले मलाई चिमोटी रहेथ्यो ।
आफूलाई साधारण मान्छे बताउने उहा“ ‘मेरा इच्छा एवम् सबै सपना साधारण नै थिए र छन्, कसैस“ग बोझ नबनी जिन्दगी जिएकी छु र यतिमै भगवान्ले लगे हुन्छ जस्तो लाग्छ’ भन्दै हुनुहुन्थ्यो । जिन्दगीको सुरूवातका दिनहरूदेखि नै कर्मक्षेत्रमा लागेर हि“ड्नुपर्छ भन्ने सिद्धान्त बोक्नुभएकी उहा“ अहिले पनि आफ्ना सबै काम आफैं नै गर्न मन पराउनुहुन्छ । आफ्ना अनुभव सुनाउ“दै उहा“ले भन्नुभयो, ‘कर्मक्षेत्रमा म सदैव लागिरहे“ । सुरूमा नेपाल आइपुगेपछि छपाउनका निम्ति एसएलसीको किताब तयार पार भनी जिम्मा दिए । मैले हातले नै लेखेर प्रेसमा छाप्नका लागि तयार पारेर बुझाए“ । त्यो काम गरेबापत मैले ७०÷७५ कति रूपैया“ पाएकी थिए“ । त्यसले कस्तो खुसी दिलाएको थियो †’
कल्याणीले आ“खाअगाडि सजीव भइरहेका आफ्ना अनुभवलाई शब्दमा वर्णन गर्न थाल्नुभयो, ‘पहिला म पाटन कलेजमा पनि पढ्थे“, बर्खबाल दक्षिणढोकामा पहिला फर्पिङ बोर्डिङ स्कुल थियो । १÷२ वर्ष त मैले पढाए“ पनि । आफूले स–साना नानीहरूलाई बुझाउनुपर्ने, पिट्न, गाली गर्न नहुने । यस्तो हुनाले त्यो पेसामा मन रमेन । त्यसैबेला रेडियो नेपालमा उद्घोषिकाको आवश्यकता छ भनेर सूचना निस्कियो । मैले आवेदन गरे“ र त्यसमा छानिए“ । काम गर्न थाले“, मलाई त्यो मन प¥यो, जीवनभर मैले त्यसलाई आफ्नो पेसाका रूपमा कायम राखे“ र त्यही“बाट अवकाश पाए“ ।’
आफ्नो कामकाजी जीवनका बारेमा सोधिएको प्रश्नमा रेडियो नेपालको त्यो अतीतमा उहा“ पुग्नुभयो । जतिबेला कार्यक्रमहरू तत्कालै बनाइन्थ्यो र प्रत्यक्ष प्रसारण गरिन्थ्यो । ‘०११ सालमा म पहिला उद्घोषिका थिए“, सबै कार्यक्रमको उद्घोषण गर्नुपथ्र्यो । त्यसपछि ०१८ सालमा महिला कार्यक्रम, बाल कार्यक्रम सञ्चालिका भए“ । बीचमा काव्यकुञ्जलगायतका नाटक आदि–इत्यादि हरेक किसिमको कार्यक्रम चलाइयो, पछि समाचारवाचिका पनि भए“ । प्रत्यक्ष प्रसारणमा जाने भएकाले होला काम गरेको र समय बितेको पत्तै हु“दैनथ्यो । अब नाटक वा अन्य कार्यक्रम बनाउन प¥यो भनेपछि घरमा आप्mना बच्चाहरूलाई बस्दै गर है भनेर दुवैजना गइन्थ्यो । श्रीमान् र आफू एकै ठाउ“मा काम गर्ने भएपछि त झन् दुवैजना एकसाथ व्यस्त भइन्थ्यो,’ कल्याणीले आफ्नो पेशागत व्यस्तताका दिनहरू सम्झनुभयो । ‘अहिले सञ्चार क्षेत्रका समाचारवाचकहरू धेरैले बोल्न नै जान्दैनन्, शब्दहरू चपाएर बोल्ने गर्छन् । ‘संस्कृत’ र ‘व्याकरण’को राम्रो ज्ञान नभएर यस्तो भएको हो । कुन शब्दलाई दीर्घ तान्ने, कुन शब्द ह्रस्व हुन्छ उनीहरूलाई ज्ञान नै छैन । शब्दहरूको बीचमा उच्चारण गर्दा ठाउ“ छाड्ने, शब्द स्पष्टस“ग बोल्ने भन्ने नै छैन,’ उहा“ले नया“ पुस्ताको कमजोरी पनि औ“ल्याउनुभयो ।
आफ्ना श्रीमान् हरिप्रसाद रिमालको स्वास्थ्य कमजोर रहेकाले उहा“कै सेवामा हालका दिनहरू बिताउने कल्याणी आफ्नो श्रीमान्को बारेमा भावुक हु“दै ‘कहिलेकाही“ त पानी पनि लिएर पिउन नसक्ने अवस्था हुन्छ, त्यसैले उहा“कै छेउछाउमा बसेर म सेवारत हुन्छु’ भन्नुहुन्छ । उहा“को भावुकता र प्रसङ्गलाई बदल्दै मैले उहा“हरूको विवाहको बारेमा सोधे“ । हराइरहेको मुस्कानलाई फेरि समेट्दै उहा“ले आफ्नो विवाह बारे भन्नुभयो । ‘यसो भयो, रेडियोमा म पनि काम गर्न पुगे“, उहा“ त रेडियोको संस्थापक सदस्य नै हो । देखादेख भइरहन्थ्यो, कर्मचारीको हैसियतले पनि उहा“ गाउने म उद्घोषण गर्ने गर्दा भेट भइरहन्थ्यो ।
यस्तैमा मैले पनि सोचे“, धन–सम्पत्तिभन्दा पनि अलि सज्जन, माया गर्नेखालको भए त विवाह गर्नुहुन्थ्यो । संजोग भन्नुपर्ला उहा“स“ग भेट भयो, त्यसपछि घरमा प्रस्ताव राखियो र विवाह गरियो । प्रेमविवाहजस्तै भयो भन्नुप¥यो । हामी दुईजनामा साह्रै समझदारी छ । उहा“ पनि धेरै तडकभडक नराख्ने एवम् धेरै आकाङ्क्षा नभएको मान्छे र म पनि त्यस्तै । साधारण जिन्दगी र शान्तिप्रिय जिन्दगी भए पुग्छ भन्ने सोच भएकाले अहिलेसम्म आइपुगेका छौ“ हामी,’ उहा“ले भन्नुभयो ।
देशकै उत्कृष्ट कलाकार उहा“का श्रीमान् हरिप्रसाद रिमालको बारेमा धारणा बुझ्न चासो राख्दा उहा“ले सरलतापूर्वक जवाफ दिनुभयो, ‘नेपालकै एक सर्वश्रेष्ठ कलाकार, देशको एउटा गहना, कला क्षेत्रको बलियो विभूतिका रूपमा म उहा“लाई हेर्छु ।’ उहा“का विभिन्न कामहरूको बारेमा जानकारी दि“दै कल्याणीले भन्नुभयो, ‘दुर्भाग्यवश के भयो भने त्यसलाई सङ्ग्रहित बनाएर राख्नुपर्छ, किताब बनाएर राख्नुपर्ला, आउ“दो पुस्ताले खोज्लान् भन्नेतर्फ सोच नै गएन । ती सबै काम ग¥यो, जसलाई बुझाइयो सिद्धियो । हामीस“ग केही पनि छैन । मैले उहा“का ती कामहरूलाई सङ्ग्रहित गर्न सकिन“ । अहिले उहा“का ६÷७ वटा गीत मात्र मैले संकलन गरेकी छु । त्यो पनि एक दिन कुमार बस्नेतले आएर दाइका गीतहरू रेकर्ड गरेर राख्नुपर्दैन, निकायले त केही राख्दैन, तपाईंले के गर्नुभएको ? भनेपछि मात्र झसङ्ग भएर खोजेर राखेकी हु“ । ‘फगत एक नजरमा...’, ‘बिनाबादल...’ आदिचाहि“ छ पछि आउने पुस्तालाई यो हरिप्रसाद रिमालको गीत हो है भनेर दिनलाई । नाटक क्षेत्रको त मस“ग केही पनि भएन र मैले सङ्कलन गर्न पनि सकिन“ । उहा“ले ‘अन्तरलाप’, ‘यता र उता’ लगायतका थुप्रै अन्य नाटक गर्नुभयो तर गर्नुभयो र सिद्धियो यस्तै भयो । सरकारले पनि केही गरेन । त्यो कृतिहरूलाई संकलन नगर्नु देशको लागि पनि घाटा नै हो ।’
यही अभावलाई अनुभव गरेर नै हरिप्रसाद–कल्याणी रिमाल नाट्य–सङ्गीत प्रतिष्ठानको स्थापना गरेको उहा“ले बताउनुभयो । ‘जीवनमा केही गर्नुपर्छ भन्ने उद्देश्य त मैले लिएकी हु“, गरेर पनि आएकी हु“ । मेरो परिवार सफल भएको देखेर देशका लागि अन्य केही गर्न नसके पनि असल परिवार दिएको छु जस्तो लाग्छ । देश त रहला, जा“दैन होला कतै पनि । त्यो हिसाबले हरिप्रसाद रिमाल र कल्याणीलाई आउ“दो पुस्ताले नबिर्सिऊन् भन्ने हिसाबले प्रतिष्ठान बनाएका हौ“ । हामी त बितेर गइहाल्छौ“, अब त्यो राख्नु–नराख्नु आउ“दो पुस्ताको हातमा छ, जीवन यस्तै हो,’ उहा“ले आफ्नो मनको बह पोख्नुभयो । उक्त प्रतिष्ठानले निकट भविष्यमै हरिप्रसादले पाउनुभएका प्रशंसापत्रहरू, उहा“को जीवनी र विभिन्न पत्रपत्रिकामा उहा“का बारेमा प्रकाशित लेखहरू समेटेको एउटा किताबको विमोचनको तयारी गरेको छ । ‘उहा“लाई दिइएका यी प्रशंसापत्रहरू त हराएर, फुटेर जान्छन्, म बा“चुन्जेल त यसको संरक्षण गरू“ला तर म गएपछि कसले संरक्षण गरिदेला भनेर मैले किताबमा सङ्ग्रहित गर्न खोजेकी हु“,’ उहा“ले आफ्नो चिन्ता पनि व्यक्त गर्नुभयो ।
दुई छोरा र दुई छोरीकी आमा उहा“ छोराछोरीबाट आफू सन्तुष्ट रहेको एवम् छोरी, श्रीमती, आमा र हजुरआमाको रूपमा आफ्नो जीवन सफल रहेको बताउनुहुन्छ । ‘मैले छोराछोरीमा कहिल्यै भिन्नता ठानिन“ । जग नै राम्रो नभई त महल खडा हुन सक्दैन नि । जग बलियो बनाएर, जगलाई हेरेर माथि गएमा घर बलियो हुन्छ । कुनै पनि क्षेत्रमा सफल रहनका लागि अहम् गर्नु हु“दैन र मै जान्ने मै सुन्ने पनि हुनुहुन्न,’ उहा“ आफ्नो जीवनको पाठ सिकाउ“दै हुनुहुन्थ्यो । ‘पुरानो र नया“ पि“ढीबीचको विचारधाराको आदानप्रदान गरेर अगाडि बढ्यो भने केही कुरा अप्ठ्यारो हु“दैन, सबै राम्रो हुन्छ । खुकुरीभन्दा कर्द लाग्ने के–के भन्ने हाम्रो उखान छ तर त्यसो होइन, कर्द लाग्ने हुनुुपर्छ । किनकि विज्ञानले यति धेरै प्रगति गरिसकेको छ, मेरा नाति या नातिनीले जति जानेका छन्, म त्यति जान्दिन“ नि,’ उहा“ भन्दै हुनुहुन्थ्यो ।
‘तपाईंलाई आफ्ना बच्चाहरू पनि यही क्षेत्रमा लागून् भन्ने सोच आएन ?’ प्रश्नमा उहा“ गम्भीर हुनुभयो । ‘हाम्रो देशमा कला र कलाकारको मूल्याङ्कन नै हु“दैन । सरकारले न त गरिबलाई हेर्न सक्यो न संस्कृतिलाई । त्यसैले यही क्षेत्रमा लाग भनेर प्रेरणा दिएर मात्र के गर्ने ? मैले त पढ, पढ्नुपर्छ, पढेपछि जुन बाटो पनि जान पाइन्छ, संसार ठूलो छ भन्ने प्रेरणा दिए“ । यो क्षेत्र बलियो भएको भए यतै लाग भन्नुहुन्थ्यो, तर यो क्षेत्र बलियो नभएकाले यता लाग भन्न मन भएन,’ उहा“ले सरकारी क्ष्ँेत्रप्रति आफ्नो गुनासो पोख्दै निजी क्षेत्रले भने केही गरिरहेको बताउनुभयो ।
जिन्दगीलाई फर्केर हेर्दा आफ्नो जीवनयात्रा सुखद रहेको बताउनु हुने कल्याणीले केही रमाइला अनुभव पनि सुनाउनुभयो । ‘सबैभन्दा मुख्य मेरो जीवनसाथी समझदार र सजिलो व्यवहारको हुनुभएकाले त्यस्तो केही दुःख परेन । जिन्दगीको दुःख–सुख भनेको यस्तै हो । उमेर बढ्दै गयो, चालीस लागेपछि चस्मा लगाउनुपर्ने भयो । त्यतिबेला एउटा मात्र चस्मा थियो, मैले देखिन“, ले त भनेर उहा“ले लगाउने कहिले मैले देखिन“ खै दिनुहोस् त भनेर मैले लगाउने गरेर पनि काम गरियो । उहा“ले १०० रूपैया“ र मैले ७० रूपैया“को जागिर खाएर आएका हामीहरू, कस्तो जमाना थियो, अहिले कस्तो भयो । आकाश–जमिनको फरक भएन त ? अहिले एउटा छोरा आर्किटेक्ट इन्जिनियर छ, एउटा छोराले एसियन एग्रिकल्चरमा पीएचडी गरेको छ । उनीहरूलाई पढाउनका लागि माइतीबाट पनि केही सहयोग लिएको होइन, सासू–ससुराको पनि केही लिएको होइन । खालि हामी दुईको परिश्रमले नै ती पढे, लेखे, हामी जुन बास बसिरहेका छौ“ त्यो जोड्यौ“ । दुःख–सुख त केही न केही भयो होला नि, रमाइलो पनि भयो होला, कसरी ग¥यौ“ होला त हामीले ? अहिले सम्झ“दा आनन्द आउ“छ क्या ’ सुमधुर बोलीसहित मुस्कानलाई हा“सोमा परिणत गर्दै उहा“ले सुनाउनुभयो ।
आफ्नो जिन्दगीलाई फर्केर हेर्दा आफ्नो कलम नचलेकोमा दुःख लाग्छ कल्याणीलाई । ‘लेख्न त जानेकी छु क, ख, ग, घ आउ“छ, शब्दहरू थाहा छ, सबै कल्पनामा आउ“छ, हिजोका दिनहरू सजीव भएर आ“खा वरपर घुम्छन्, लेखेको भए त हुन्थ्यो नि है भन्ने लाग्छ तर त्यसलाई लेख्न सकेको होइन । एकछिन बसेर सोच्दा त रमाइलो लाग्छ नि, यस्ता थिए दिनहरू, गएका दिनहरू,’ उहा“ले विगतलाई बयान गर्नुभयो । कुराकानीको बिट मार्दै कल्याणीले आउ“दो पुस्तालाई सुझाव पनि दिनुभयो, ‘सङ्घर्ष गरेको राम्रो हो, राम्रो मान्छु म । सङ्घर्षबाट उठेको जिन्दगी नै मलाई सफल जिन्दगी लाग्छ । मान्छेलाई सङ्घर्षविहीन जिन्दगीमा त जिन्दगीको मोल नै थाहा हु“दैन जस्तो लाग्छ’, भन्नुभयो ।
Friday, July 2, 2010
Subscribe to:
Post Comments (Atom)