Wednesday, June 30, 2010

नेपाली महिलाको विजोग

,
यौन व्यवसायमा नलागेकाले खाडी मुलुक कुबेतको फाहाहिलमा धेरै नेपाली महिलालाई बन्धक बनाएको खुलासा भएको छ । भारतको दिल्लीबाट त्याहा लगिएका अधिकांश महिलासित नेपाल र्फकन चाहने महिलालाई १ लाख ५० हजार रुपैयाँसम्म फिरौती माग्न थालिएकोछ । फुत्केर दुई साताअघिमात्र नेपाल आएकी एक महिलाले यसवारे उक्त जानकारी दिएकी हुन । नेपाली महिलासमेतको संलग्नतामा खोलिएको एक म्यानपावर कम्पनीले यौन व्यवसायमा नलागेको भन्दै चार दर्जन महिलालाई बन्धक बनाएर राखेको खुलासा उनले गरेकी हुन् ।
मोरङ् बेलबारीकी जानु गुरुङ्गले काठमाडौं र धनकुटाका दुई महिलाले महिनौदेखि नेपाली महिलालाई बन्धक बनाएर राखेको जानकारी दिइन् । सुनसरीको इटहरीमा बुधबार पत्रकारहरुसित कुरा गर्दै गुरुङ्गले कुबेतीसित मिलेर अलनाका नामक म्यानपावर एजेन्सी खोलेर कुबेत र साउदीमासमेत विक्रि गर्ने र यौनधन्धामा लाग्न दवाव दिने गरेको बताइन् । भनेअनुसार काम नभई अनैतिक काममा लगाउन खोजेपछि आफूले अस्वीकार गरेकाले बन्धक बनाएर राखेको उनले सुनाइन् । यौन कार्यमा संलग्न हुन तर्साउँदै चरम यातना दिएको उल्लेख गर्दै गुरुङ्गले आफूसँगै २६ महिलालाई एकै ठाउँमा बन्धक बनाएको बताइन ।
बन्धकमा रहदा एक छाकमात्र खान दिइएको थियो । हरेक दिन धम्की दिइन्थ्यो । ुभनेको पुरुषसित गएर काम नगरे ज्यानै लिने धम्कीसम्म दिइयोु गुरुङ्गले भनिन(ुउनीहरुले तिमीहरु मरे पनि मर मतलब छैन भनेर धम्क्याए ।ु गुरुङ्सहित केही महिलालाई घरको काममा केही महिना लगाइएको थियो । ुपछि त अनैतिक काममा लगाउन खोजेपनि मसहित २६ जनाले प्रतिकार गर्‍यौु उनले भनिन । गुरुङ्गलाई नेपाल र्फकन श्रीमान्ले ५० हजार पठाएका थिए । रकम दलाललाई दिएपनि सकुशल उम्कन नसकेकी उनी त्यहाँबाट भागी जेलमा डेढ महिना बस्नुपरेको थियो । डेढ महिना कारागारमा बस्दा दुई नेपाली महिलालाई मानसिक रुपमा विक्षिप्त अवस्थामा पाएको उनले जानकारी दिइन । उनीहरु उदयपुर रामपुरकी चन्द्रकला तामाङ्ग र अर्की एक महिला थिइन । जेलमा उनीहरु हाँस्ने रुँने कराउँथे ।
ुघर जान देउु भन्दै बिलौना गरेको प्रत्यक्ष देखेको उनले बताइन । २०६६ साल बैशाखमा खाडी गएकी जानुले कारागारभित्र १ सयभन्दा बढी महिला रहेको उनले बताइन । परिवारले पैसा पठाउन नसक्दा धेरै महिला घर र्फकन नसकेकाले सरकारले तत्कालै पहल गर्नुपर्नेमा उनले जोड दिइन ।आफूले भेटेका दुवै महिलाको शरीरभरी निलडाम थियो । दुवै लाखौ खर्चेर आकर्षक रोजगारीको लोभमा त्यहाँ पुगेका थिए । उनीहरुलाई आफूलाई यौन व्यवसायमा लगाउन खोज्ने समूहले नै त्यस्तो अवस्थामा पुर्‍याएको गुरुङ्गले बताइन ।
उनकाअनुसार सुनुवारले काठमाडौं, वुटवल, गोरखा, मोरङ, झापालगायतबाट दर्जनौ महिलालाई ललाई(फकाई कुवेत लगिएकोछ । आफूसँगै मोरङ् केरावारीबाट कुवेत पुगेकी एक महिलालाई बेपत्ता बनाइएको उनले जानकारी दिइन । केही साताभित्र पिडित महिलाको उद्धार गर्न सरकारले तत्कालै पहल गर्नुपर्ने गुरुङ्गले माग गरिन । ुहोइन भने धेरै नेपाली महिलाको विजोग हुनेछु उनले भनिन(ुसरकारले पहल गर्नुपर्छ भनेर कहाँ भन्नु रु पत्रकारलाई भन्दा अखबारमा समाचार आउँछ र सुनवाई हुन्छ भन्ने सुनेर तपाई (पत्रकार हरुको सम्पर्कमा आएकी हु ।ु

0 comments to “नेपाली महिलाको विजोग”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates