Wednesday, June 30, 2010

म मेरा लागि केहि गर्न सक्दिन ?

,
हामि नेपालि महिला र हामिले लगाउने लुगा ? यो बिषयमा म सधै सोचिरहन्छु किन यस्तो विभेद हामि माथि लुगा लगाउने स्वतन्त्रता पनि छैन हामिलाई ? हाम्रो सँस्कारले हामि महिलालाई विवाह भएपछि लगाउने लुगा र अगाडि लगाउने लुगा फरक हुन्छ भनेर भन्छ । याहा सम्मकी विवाह भएपछि हुनु भन्दा अगाडि लगाएको लुगा कपडा नलगाउ भन्छ । तर के यो सम्भव छ आज हामिलाई ? मलाई सधै यो प्रश्नले सताई रहन्छ ।

हाम्रा आमा हजुरआमा, काकि र सानिमाहरुले जे गरे वा जसरी लुगा लगाए त्यसै गरि लगाउन हामि सक्छौ त ? सारी कहिले काहि लगाउनत राम्रो लाग्छ हामिलाई तर सधै सम्झिन पनि मन लाग्दैन । अहिले सम्मपनि मैले मेरी आमालाई सारी बाहेक अरु लुगामा देखेकि छैन । कयौ पटक कुर्ता सुरुवाल लगाउन भन्छु तर मान्नु हुन्न सारी नै वाहालाई सजिलो भयो । तर म आज कसैकि बुहारी हँु मेरो चाहना हुन्छ मलाई मेरी सासुले मैले लगाएको सबै लुगामा स्विकारनुहोस । तर उहाले मैले पेन्ट लगाएको कलपना पनि गर्न सक्नुहुन्न । म चाहन्छु मलाई वहाले पेन्ट हाफपेन्ट र स्कर्टमा स्विकारनु होस । जसरी बाबु आमाले छोरी लगाएको लुगामा केहि प्रतिक्रिया गछर्न तर नलगा चाहि भन्दैनन।

त्यस्तै आजका म जस्ता हरेक बुहारी हामि चाहन्छौ लुगा त हामि आफ्नो इच्छाले लगाउन पाउ । मैले आफ्नै वरपर धेरै देखेकि छु यस्ता दृश्यहरु धेरै बाहिर जानै पर्दैन । मेरी जेठि भाउजुले घरमा बस्दा सारि लगाउनु पदथ्यो वाहाले धेरै हिम्मत गरेर कुर्ता लगाउनु भयो सायद त्यतिबेला मेरा बुवा आमाको मनले स्विकारेन होला त्यो कुरा । तर आज समय बदलियो उहाहरुले भाउजुलाई जे लुगा लगाएपनि लगाउ भन्ने छुट दिनुभयो । मलाई लाग्छ आफुलाई मन लागेको लुगा लगाउने मेरी भाउजुको अधिकार हो । त्यो अधिकार खोस्ने वा यो लगाउ त्यो नलगाउ भन्ने मेरा बुवा आमाको हस्तक्षेप हो वाहा माथि । त्यस्तै धेरै बुहारी हरु छन हाम्रो वरपर जो लुगा लगाउने स्वतन्त्रता गुम्छ भनेर परिवार सँग बस्न चाहदैनन । कहिले बुझ्ने परिवारले यस्ता कुरा ।

यि कुराहरुमा एउटा पतिले खेल्ने भूमिका छैन , उ आफ्ना बुवा आमालाई बुझाउन किन सक्दैन वा चाहदैन ? या उ पनि परिवारले जे चाहन्छन त्यहि चाहन्छ तर श्रीमति को अगाडि स्वयम लाई आधुनिक देखाउन को लागि केहि बोल्दैन । हामि महिलाले के कति कुरामा आफ्नो हक अधिकार खोज्ने एउटा सामान्य कुरा लुगा लगाउनत हामि संघर्ष गरिरहेका हुन्छौ । उत्श्रृखल देखिने खालको लुगा पो नलगाउने तर सजिलो हुने त लगाउन पाउनु पर्नै होइन र ?

मेरी साथिकि बहिनि जसलाई सधै पेन्ट लगाउनु पर्नै अहिले सासु ससुरा संग घरमा छिन । उनले घरमा सबै संग मलाई पेन्ट लगाउन मन पर्छ म लगाउछु नि भनिछन तर उनलाई परिवार बाट नलगाउनु भनियो उनि धेरै रुइन तर पनि उनले केहि गर्न सकिनन र कुर्ता नै लगाएर बस्छिन । अब सोच्नुस त उनि कति दिन त्यो घरमा बस्छिन आफ्नो मन मारेर के घर झगडा हुदैन होला त्याहा उनको मनले हमेशा घर बाट बाहिरिने प्रयास नर्गला भन्न सकिन्न । आखिर किन यस्तो विभेद महिला माथि यदि बुहारी को ठाउमा छोरी भएकि भए के उनिहरु यति कठोर हुने थिएनन होला ।


यहि माघ महिनामा विवाह गरेकी मेरी एउटी साथि छिन । उनि सधै पेन्ट लगाउथिन । कुर्तामा कमै हिडथिन । तर अहिले उनलाई पेन्ट लगाउन समस्या छ । पेन्ट लगाएर बसौ कति बेला सासु ससुरा आउने हुन वा उहाहरुलाई भेटन जादा लगाउनु हुन्न कुर्ता लगाऊ । के मेरी साथिका श्री मान को योे कर्तव्य होइन उनको परिवारमा आफ्नी श्री मतीलाई सहज वातावरण दिने । जाबो लुगा लगाउने कुरामा त परिवार संग श्री मतीको कुरा गर्न ेसक्दैन भने त्यस्तोले अरु के गर्ला । अब सोच्नुस मेरी साथिले सासु ससुरा संग बस्न मन गर्छिन कदापि पनि गदिनन ।

भन्न त सबैले छोरी हो भन्छन बुहारी लाई तर कुरामा मात्र व्यवहारमा कहिल्यै त्यस्तो देखिदैन । घर बाहिर बस्नेले जे जस्ता लुगा लगाएर हिडे पनि सासु ससुराको अगाडि सारि या कुर्ता नै लगाउनु पर्ने हाम्रो बाध्यता हो । हामिले लुगा लगाउने कुरामा पनि यति सास्ती कहिले सम्म खेप्ने ? हाम्रो लागि यस्तो दिन कहिले आउने होला घर परिवार बाट तिमिहरुले विवाह अघि वा पछि लाई लिएर लुगा बदल्नु पर्दैन जे जस्तो छौ जे लगाउछौ त्यहि लगाउ भन्ने शब्द सायदै सुन्न पाइएला । मलाई आफ्नो वरिपरि भएको यस्तो विभेद देख्दा असाध्यै पिडा हुन्छ । हामि जति धेरै पढौ जति सुकै ठुलो पदमा पुगौ बाहिर आधिकारको कुरा गरौ तर घर आएपछि फेरी त्यहि उकुस मुकुस आफ्नो स्वतन्त्रता खै त ?के म मेरा लागि केहि गर्न सक्दिन ?

0 comments to “म मेरा लागि केहि गर्न सक्दिन ?”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates