‘रुदाँ रुदाँ अब त आँसु पनि रित्तिसक्यो’ आफ्ना श्रीमान कहिले फर्केलान् भन्ने आशामा ११ बर्ष विताएकी लमजुङ सुर्यपालकी मैया बस्नेतको सम्वेदना कसैले बुझेनन् । उनी लेखपढ गर्न सक्दिनन्, कुनै राजनितिक दलको सक्रिया कार्यकर्ता पनि होइनन् । श्रीमान बेपत्ता हुदाँ उनी गर्भवती थिइन् । आज बाबुको आनुहारै देख्न नपाएको छोरा ११ बर्ष लागेको छ ।
नौ सन्तानकी आमा मैयाको कथाबेथाा दरदनाक छ । २०५६ असार ३ गते प्रहरीले गिफ्तार गरि बेपत्ता बनाएका उनका श्रीमान कृष्ण बहादुर गाउँकै चन्द्रज्योति प्राविका तत्कालिन प्रधानाध्यपक थिए । श्रीमान बेपत्ता भएपछि परिवारको रोजीरोटी खोसिएको मात्र हैन धेरै कष्ठका दिनहरु थुपरिएका छन् । शसस्त्र द्वन्द्वको बेला विद्रोहीको आरोपमा खोसिएका श्रीमान कहिल्यै फिर्ता भएन । चित्ता बुझ्दो उत्तर र न्याय पाइएला कि भन्ने आशा झन कमजोर बन्दै गएको छ । परिवारको पालनपोषण र जिम्मेबारी समाल्दै आएका कृष्णबहादुरको बेपत्ता प्रकरण उनको परिवारको जीवनमा कहाली लाग्दो घटना र दुखान्त वियोग भयो । त्यसपछिका कष्ठ र पिडा भोग्दै गुजारा चलाउदै आएकी मैयाको जिवन आँसु नै आँसुले भिजेका छन् ।
श्रीमान फर्कनुहोला भन्ने आशा उनको उस्तै छ । आँशु पुछ्दै बेदना पोखिन । ‘आयस्रोत छैन, यि लालाबालाको हुर्काइबढाई, पढाई गर्न साह्रै कठिन छ । सानो छोराले आमा, बाबा कहिले आउने भन्छ । म सग उत्तर हुदैन । मनमनै रुन्छु तर उनीहरुलाई पिडा देखाउदिन । घटनाको सही सुचना थाह पाए हुन्थ्यो भन्ने छ ।’
मानसिक आघातको त्रासदी र पिडाले विछ्प्ति ति मनहरु अझै घायल र आक्रोशित छन् । ‘यस्तो पिडाको घाउ कति गहिरो हुन्छ, सम्बेदनहीन मान्छेहरुले के बुझ्लान र ? मैया भन्छिन् –जे जे परिवर्तन भएपनि हामीलाई के भयो र ? न राज्यले कुनै सहयोग ग¥यो न त राजनितिक दलले नै जिम्मेबारी देखायो ।’ यस्तै पाराले शान्ति र मेलमिलाप सम्भव देखदिनन् उनी । बरु यस्तै पिडा र आक्रोशले नयाँ द्वन्द्व थपिने बुझाइ छ उनको ।
जिन्दगीको चमकदमक बाकी छैन, मात्र बाँच्न र बच्चाबचीको खुशीको लागि विवशतामा अल्झिरहेकी उनको सत्य र न्याय पाउने उति ठूलो आशा भने छैन । उनको अब एउटै चाहान छ आफू जस्ता सयौ परिवारले चित्त बुझ्दो जवाफ पाउन्, अपराधीलाई सजाय होस् र अब फेरि यस्तो कसैलाई नहोस् ।
Wednesday, June 30, 2010
Subscribe to:
Post Comments (Atom)