बरहीवीरपुर(६, सप्तरीका रामनारायण मेहता ९३७० सोलुको जुबु र आसपास गाविसका बासिन्दाको लागि बडा कामका आद्मी सावित भएका छन्। त्यही भएर यो पहाडमा मेहताको १० वर्षे बसाइँ १० महिनाको जस्तोगरी बितेको छ। रमाइलो कस्तो भने, आधुनिक चिकित्सा पद्धतिबाट गाउँलेहरूको उपचार गर्न आएका जुबु इलाका स्वास्थ्य चौकीका अहेव मेहता गाउँ(पसेर झरफुक गर्छन् अनि बिरामीलाई दबाई लिन चौकीमा बोलाउँछन्। अझ् रमाइलो त्यतिबेला हुन्छ, जब मानिसहरू डाक्टर सापले औषधि दिएर हैन फुकेर निको पारेको ठान्छन्।
नवलपरासी, ुखलढुङ्गा, उदयपुर, सप्तरीहँुदै सोलुखुम्बु पुगेका यी अहेव खासमा कुनै धामी(झँक्री हैनन्। आफूले निको पार्छु अथवा निको हुन मद्दत पुर्याउँछु भनेर बिरामीलाई मानसिक रूपमा आश्वस्त पार्न यहीँ आएर झरफुक गर्न सिकेको उनले खुसुक्क बताए। तर, स्थानीय मानिसहरू स्वास्थ्य चौकीका यी मधेशी प्रमुखले धामी विद्या पनि जानेको विश्वास गर्छन्। स्वास्थ्यचौकी सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङ मानिसहरूले काटेकै घाउ पनि मेहताको उपचारले मात्र ठीक नभएको ठान्ने गरेको बताउँछन्। जनकल्याण उमाविका शिक्षक जेवी राई भन्छन्, “उहाँले फुकेर निको भएँ भन्नेहरू धेरै छन्।”
सोलुको पन्चन, मुक्ली, देउसा, काँगेल, लोखिम, जलेश्वरी, महेश्वरी, ऐंसेलुखर्क, बाकाचोलमा मात्र हैन, एमबीबीएस डाक्टर खटिएको खोटाङको ऐंसेलुखर्क भेगमा पनि मेहताको उपचार पद्धति चर्चित भएको नेचा बेतघारीका शिक्षक शिव बास्तोलाले बताए। ुखलढुङ्गामा काम गर्दा बिरामीहरूले देउता रिसाएको बेला सुई न सलाइन भनेको सुनेपछि धामी तरिका अपनाएको बताउने अहेव मेहता भन्छन्, “मानिसहरू फुकिदियो भने उपचार गर्न आउँछन् नत्र धामीकै तिर लाग्छन्। त्यसैले रुघाले ज्वरो आएका, भारी बोक्दा खुट्टा सुन्निएका, सर्पले टोकेकाहरूलाई पनि फुकफाक र उपचार दुवै गर्यो, आनन्द१”
ऋषिराम कट्टेल, सोलुखुम्बु
Monday, June 6, 2011
Subscribe to:
Post Comments (Atom)