Thursday, March 3, 2011

,
एउटा शहरमा एउटा जवान थियो । उसका दुई छोराछोरी र जाहान थिई । उ दुख सुख गरेर आफनो परिवार पालिरहेको थियो । कहिले काहि चलाउन पैसा पुग्दैन थियो तर पनि उसको संसार सुखि र रमाइलो थियो । हेर्दा लाग्दथ्यो उ जति सुखि मानिस यो संसारमा छैन । रुपैया पैसा हुदैमा सुखि हुईन्छ भन्ने हैन जो संग माया प्रेम र आपसि विश्वास हुन्छ त्यहि मानिस सहि अर्थमा सम्पन्न र सुखि हुन्छ यी सबैै कुराहरु त्यो जवान सँग थिए ।तर मानिसको मन बदलीन कति पनि बेर नलाग्ने रहेछ ।जवान पनि त्यस्तै भयो उ एउटि आफुभन्दा जेठि अधबैशे आईमाईको चेपारेकुराहरु बाट आर्कषित हुन थाल्यो त्यस बुढिले उसलाई कहिले कथा कहिले कबिताहरु लेखेर मायाका कुराहरु सुनाएर आफनो बसमा पार्न थाल्छे उ बिस्तारै उ प्रति आर्कषीत हुदै जान्छ ।
अब उसका हरेक कुराहरु त्यहि बुढि बाट सुरु भएर उसैमा अन्त्य हुन थाल्छन ।बुढि बाहेक उ अरु कसैका बारेमा पनि सोच्न चाहदैन ।बुढिले भनेका हरेक कुराहरु सहि बाकि सबै लाई उ गलत देख्न थाल्छ । उ दुई पहर रात बाहेक हरएक दिन हरएक पल बुढि सँग नै हुन्छ। यो कुरा जवानकि जाहानले कहि बाट थाहा पाउछे र जवानलाई सोध्छे तर जवान उ सँग उल्टै रिसाउछ गालि र्गदै भन्छ तलाई मेरो प्रगति देखेर डाह लाग्यो हैन ,तलाई मेरो माया नपचेको अरु केहि होईन ,म माथि पुगेको तैले हेर्न सकिनस हैन भनेर ना ना भाति गालि गर्छ । बिचरी जाहान एकछिन झगडा गरि अनि चुप चाप बसि उसले पनि ठानि कि म यो कुराको चुरो सम्म पुग्छु । उ जवानका हरेक कुराहरुमा चियो गर्न थालि र एक दिन सबै कुराहरु थाहापाई त्यो रात उसले जवानलाई सबैकुराहरु सोधि जवानको जवाफ पहिलाको जस्तै आयो त्यसपछि उसले प्रमाणहरु देखाई सबै कुराहेरिसकेपछि जवान फेरी कडकियो तैले मेरो चियो गरेकि तलाई यी सबकुराहरु खोज्नु पर्ने के कारण परयो उ आफनो गल्ति मान्नु त कता कता उल्टै पो बाघ भएर निस्कीयो ।जाहान के बोलोस एक छिन झगडा त गरि त्यसपछि आफै चुप लागि र सोच्न थालि अब म के गरौ मर्न मन लाग्यो उसलाई फेरी छोराछोरी लाई हेरि रुनु सिवाय अर्को उपाय उसले देखिन । उता जवान झन बढि मस्त भएर बुढिसँग बस्न थाल्यो ।मानिसको स्वभाव रहेछ आफु सँग भएको भन्दा अरुको राम्रो देख्ने र त्यो प्रति आर्कषीत हुने रमाउने जवानले पनि त्यहि गर्छ उसलाई किनहो त्यो बुढि मात्र मनपर्छ उसको बारेमा कसैले नराम्रो भनेको उ सुन्ननै सक्दैन उसले जाहान र छोराछोरी प्रतिको माया बिर्सियो उनिहरुको राम्रो कुरा पनि जवानलाई मनपर्न छोडछ उ घर आएपछि प्रत्येक कुरामा झर्किन्छ छिन छिन मै रिसाउछ सबैलाई गालिमात्र गर्छ । यसरी नै उनिहरुको जिवन जेनतेन चलिरहेको हुन्छ तर उसकि जाहानले उसको यो विश्वास घात सहन सकिरहेकि हुन्न तर जवानलाई यी सबकुराहरु सोच्ने समय नै काहा थियो र उसलाई तआफुले गरेको मात्र सहि लाग्न थालिसकेको हुन्छ ।उता उसकि जाहानको मनमा चोट परेको कति महिना भैसक्यो जाहान सोच्न थाल्छे उसको गल्तिके थियो जसको कारण उ माथि यत्रो विश्वास घात ? अब चाहि आमा छोराछोरी सबै जनाले दुनिया छोडनु पर्ला उ नभए पछि छोरोछोरीको बिजोक हुन्छ । कसले हेर्छ उनिहरुलाई ?उनिहरु जन्मिए देखि सधै एक्लै त छौ नि हामि यो सहरमा आफन्त भन्नेहरुले अहिले सम्म हामिलाई आपत पर्दा कहिल्यै साथ दिएका छैनन बरु जसको घरमा बसेको छ उनिहरुले सहयोग गर्छन अनि हामि कसका लगि बाच्ने ? यो संसारमा हाम्रो लागि कोहि रहेनछ भन्ने थाहा भयो । जसलाई आफनो सम्झेर हामि बाचेका थियौ उ पनि हाम्रो रहेनछ । जो सँग सगै बाच्ने सपना देख्यौ उसका त सपना बिपना अरु नै रहेछन हामि त नामका मात्र रहेछौ हातिको देखाउने दात र खाने दात जस्तो । जाहानले सहन सकिन त्यसपछि उसले डरलाग्दो निर्णय गर्न पुग्छे ।छोराछोरी सहित आत्माहत्या गर्छे मासुमा बिष हालेर छोराछोरी सहित खाएर र्मछे।

0 comments to “ ”

Post a Comment

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates