मानिसको मनमा कि आनन्दको भाव रहन्छ कि दुःखको भाव रहन्छ । मनमा दुःखरूपी भावको अभाव आनन्द हो भने आनन्दको अनुभूति गर्न नसक्ने अवस्था दुःख हो । यी दुई भावको बीचमा अरू कुनै भाव रह“दैन यद्यपि दुःख र आनन्दको बीचमा तटस्थ भाव रहन्छ भनी अनुमान गर्ने पनि चलन छ । वास्तवमा दुःख र आनन्दको बीचमा कुनै तटस्थ भाव रहने नभई दुःखरूपी भाव नै विभिन्न रूपमा रहन्छ । कुनै पनि रूपमा दुःखरूपी भावको अभाव नै आनन्द हुनाले आनन्दको विभिन्न रूप हु“दैन तर दुःखका रूप भने अनेक हुन्छन् । दुःखका अनेक रूपमध्ये कुनै आनन्ददायकजस्तो पनि लाग्छ जसलाई मानिसहरू सुख भन्न रूचाउ“छन् तर त्यो सुख घुमीफिरी दुःखको रूपमा परिवर्तन हुने हुनाले अन्ततः त्यो दुःख नै हो भन्ने कुरा स्पष्ट हुन्छ । यो कुरा स्पष्ट हुनको लागि मानिसले ठीक ढंगले विचार गर्नुपर्छ । ठीक ढंगले विचार गर्ने काम भएपछि दुःख र आनन्दबीचमात्र होइन सुख र आनन्दबीचको फरक पनि स्पष्ट हुन्छ ।
सबै मानिसहरू आनन्द नै चाहन्छन् दुःखी हुन कोही पनि चाह“दैनन् । यो तथ्य हो । तर समस्या के हो भने आनन्द के हो, त्यो कहा“ छ, त्यो कसरी प्राप्त हुन्छ र कायम रहन्छ भन्ने कुरामा मानिसहरूमा अलमल रहेको देखिन्छ । त्यही अलमलको कारणले मानिसहरूमा विभिन्न दुःखरूपी भावहरूले बेलाबेलामा घर गरिरहन्छ । ती विभिन्न दुःखरूपी भावहरू रिस, ईष्र्या, अवसाद, एक्लोपनको अनुभूति, ‘दुःख’ को अनुभूति आदि हुन् । ती दुःखरूपी भावहरू कसरी उत्पन्न हुन्छन्, तिनले के असर गर्छन्, ती भाव कसरी व्यवस्थापन गर्ने वा कसरी तिनबाट अलग हुने भन्नेबारे अलगअलग रूपमा विचार गरी हेरौंं—
रिस
मानिसमा दुःखरूपी भाव÷भावना मूलतः दुई रूपमा देखापर्छ— उत्तेजना वा अवसादको रूपमा । ती मूल दुई पनि अनेक रूपमा प्रकट हुन्छन् । उत्तेजना पनि दुई रूपमा प्रकट हुन्छ— नकारात्मक र सकारात्मक रूपमा । ती मूल दुई रूप मध्ये रिस नकारात्मक उत्तेजनाअन्तर्गत पर्छ । चर्को रिस नकारात्मक उत्तेजनाको चर्को रूप हो भने मन्द रिस नकारात्मक उत्तेजनाको मन्द रूप हो । सकारात्मक उत्तेजना हु“दा मानिस ‘खुसी’ हुन्छ । सकारात्मक उत्तेजना पनि निश्चित सीमाभित्र रहेसम्म मानिसलाई हानि भएको त्यति स्पष्ट हु“दैन, तर सीमा नाघेमा घातकसमेत हुनसक्छ । खुसीरूपी उत्तेजना अति भएमा घातकसमेत हुन्छ । यसको अर्थ के हो भने उत्तेजना सकारात्मक होस् वा नकारात्मक त्यो मानिसको दीर्घकालीन हितको दृष्टिले हानिकारक नै हुन्छ ।
रिसको उत्पति स्रोत
सकारात्मक उत्तेजना मानिसले ‘मन पराएअनुसार’ कुनै काम हुन गएमा उत्पत्र हुन्छ भने नकारात्मक उत्तेजना मानिसले ‘मन नपराएको’ कुनै काम हु“दा उत्पत्र हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने उत्तेजनाको उत्पति स्रोत ‘मन पराउनु वा मन नपराउनु’ हो । यसबाट यो पनि स्पष्ट हुन्छ कि मानिसले कुनै कुरा ‘मन पराउने वा मन नपराउने’ गर्दैन भने त्यस विषयमा कुनै काम÷कुरा हु“दा मानिसमा सकारात्मक वा नकारात्मक कुनै पनि उत्तेजना उत्पत्र हु“दैन ।
रिसको असर
जुनसुकै भाव÷भावना पनि उत्पत्र हुनासाथ त्यसले शरीरमा असर गर्न सुरू गर्छ । रिसले पनि उत्पत्र हुनासाथ शरीरमा असर गर्न सुरू गर्छ । जति चर्को रिस हुन्छ असर पनि त्यति नै चर्को हुन्छ । जब रिस उठ्छ त्यसबेला मानिसले आºनो शरीरमा ध्यान दिने काम गरेमा दुई वटा कुरा स्पष्ट हुन्छ— १) श्वास फुल्छ र २) मुटुको ढुकढुकी बढ्छ । जति चर्को रिस उठ्छ त्यति बढी श्वास फुल्ने र मुटुको ढुकढुकी बढ्ने काम हुन्छ । श्वास र मुटुको ढुकढुकी बढ्नुको कारण चाहिं श्वासनली र रक्तनली शरीरको आवश्यकताअनुसार फुल्न नसक्नु हो । अर्थात्, शरीरको आवश्यकताको तुलनामा श्वास नली र रक्त नली खुम्चिनाले श्वास फुल्ने र मुटुको ढुकढुकी बढ्न जान्छ । जति चर्को रिस उठ्छ त्यति नै बढी श्वासनली र रक्तनली खुम्चिन्छ । अति चर्को रिस उठेमा श्वासनली र रक्तनली ठ्याप्पै बन्द हुन गई श्वास र रक्तसंचार बन्द भई मानिसको मृत्युसम्म हुन सक्छ । यसप्रकार रिसको असर घातकसम्म हुन सक्छ ।
अति चर्को रिस नउठे पनि कुनै व्यक्ति सधै“ रिसले मुर्मुरिइरहन्छ भने उसको श्वास र रक्तसंंचार स“धै असामान्य भइरहन्छ । त्यसले गर्दा आहारको पाचन र निद्रा पनि असामान्य भइरहन्छ । आहारको पाचन र निद्रा असामान्य भइरहेमा शरीरका विभित्र प्रणालीको कार्य पनि असामान्य हुन गई सम्पूर्ण शरीरको संचालनमा नै असामान्यता आउ“छ । अर्थात्, स्वास्थ्य गुम्छ र रोगले घर गर्छ ।
रिसको व्यवस्थापन
कुनै पनि विषयमा कारण र असरबारे ज्ञान भयो भने त्यस विषयको व्यवस्थापन गर्न सजिलो हुन्छ । त्यस्तै रिसको कारण (उत्पति स्रोत) र असरको बारेमा स्पष्ट भएपछि मानिसलाई रिसको व्यवस्थापन गर्न सजिलो हुन्छ । यदि कुनै मानिसले रिसको सही व्यवस्थापन गर्ने गरेको छैन भने रिसको कारण र असरबारे बुझ्न बा“की छ भनी बुझ्नुपर्छ । मानिस, कुख्यात मूर्ख वा प्रख्यात विद्वान्, जोसुकै भएतापनि रिसको व्यवस्थापन नगरेको अवस्थामा यही कुरा लागू हुन्छ ।
मानिस जतिसुकै मूर्ख वा विद्वान् जेसुकै भए पनि मानिसले गर्ने जुनसुकै गतिविधिको आधार पनि ‘आºनो लाभ’ नै हुन्छ । अर्थात्, मानिसले जे गर्छ त्यसो गरे बापत आºनो लाभ होला भत्रे ठानेरै गर्छ । कुनै कुरा ‘मन पराउने वा मन नपराउने’ काम मानिसले आपूmलाई लाभ होला भन्ठानेरै गर्छ । तर दैनिक व्यवहारमा कसैलाई मन परेको कुरा हुन पनि सक्छ र नहुन पनि सक्छ, मन परेको कुरा रहन पनि सक्छ नरहन पनि सक्छ, मन नपरेको कामकुरा भइदिन सक्छ, आइलाग्न सक्छ । यस्ता रहने, नरहने, हुने, नहुने, आइलाग्ने, नलाग्ने आदि घटनाप्रति उत्तेजक प्रतिक्रियाको एउटा रूप नै रिस हो । र रिसले शरीरमा विभित्र रूप र मात्रामा हानिकारक असर गर्छ भत्रे कुरा मानिसले जब बोध गर्छ रिसको भाव स्वतः निस्क्रिय भएर जान्छ । त्यसकारण रिसको व्यवस्थापन गर्नको लागि, अर्थात् रिसलाई निस्क्रिय गर्नको लागि मानिसले गर्नुपर्ने एउटै काम रिसको कारण र असरलाई राम्रोस“ग बुझ्नु हो । अर्थात्, रिसाएर आºनो लाभ हु“दैन, हानी हुन्छ भनी राम्रोस“ग बुझ्नु हो । जबसम्म मानिसले रिसाएर आपूmलाई अलिकति पनि लाभ हुन्छ कि भत्रे कुरा मनको अन्तरकुन्तरमा अलिकति मात्र बा“की रहन्छ भने पनि उसले रिसको व्यवस्थापन पूर्ण रूपमा गर्न सक्दैन । रिसको कारण अरू केही नभई कुनै कुरा मन पराउने वा मन नपराउने विचार ढा“चा हो भत्रे तथ्य राम्रोस“ग नबुझेसम्म पनि मानिसले रिसको व्यवस्थापन गर्न सक्दैन । यो तथ्य नबुझेसम्म मानिसले रिस उठ्नुमा दोषी आपूm वा आºनो विचारढा“चा होइन अरू नै, कुनै व्यक्ति वा घटना हो भनी बुझिरहन्छ । तर रिस विचारढा“चाको कारणले कुनै घटना वा व्यक्तिप्रति प्रतिक्रियास्वरूप उत्पत्र हुने फल हो । जबसम्म गलत बुझिरहन्छ तबसम्म प्रतिक्रिया भइरहन्छ र रिस उठिरहन्छ । रिस घटना वा व्यक्तिप्रति विचारढा“चाले गर्ने प्रतिक्रिया हो र त्यसले शरीरको सामान्य संचालनमा वाधा पार्छ जसले गर्दा व्यक्तिलाई असजिलो–अप्ठ्यारो हुन्छ भत्रे तथ्य अन्तरमनबाटै बुझेपछि मात्र रिसको पूर्ण व्यवस्थापन हुन सक्छ । रिसको पूर्ण व्यवस्थापन हुने अवस्थामा मानिसमा आनन्दले बास गर्छ ।
भ्रामक भनाइ ः
मानिसहरूमा कुनै पनि उचित काम–कुराप्रति एउटा भ्रामक भनाइ प्रचलित छ, त्यो हो— ‘भत्र सजिलो छ गर्न गाह्रो छ’ । यो भनाइ सत्यको अभिव्यक्ति नभई सत्यको गलत बुझाइ मात्र हो । गलत बुझाइ रहेसम्म भत्र सजिलो गर्न गाह्रोजस्तो लागिरहन्छ । वास्तवमा रिसलाई व्यवस्थापन गर्नु, निस्क्रिय गर्नु वा रिसबाट मुक्त हुनु गाह्रो काम होइन ।
रिसको उत्पतिको स्रोत ‘मनपर्ने वा मन नपर्ने’ भाव र विचारढा“चा हो । यो विचारढा“चालाई परिवर्तन गरेमा रिसको मूल नै सुक्छ । अर्थात्, मानिसले कुनै पनि विषय मन पराउने वा मन नपराउने नगरी कुनै पनि काम कुरा मनपर्ने वा मननपर्ने आधारमा केही नगरी के गर्दा आपूmलाई (शरीरलाई) लाभ हुन्छ त्यही गर्ने विचारढा“चा अपनाएमा रिसको मूल नै सुक्छ । कथंकदाचित पुरानो संंस्कारवश रिस उठेमा पनि जब मानिसले सच्चा लाभ÷हानिको आधारमा विचार गर्छ तब रिस निष्क्रिय भइजान्छ । विचार गर्नु र भावनामा बग्नु परस्पर विपरीत कुरा हुन् । जहा“ विचार गर्ने कामको अन्त हुन्छ त्यहा“बाट मानिस भावनाको दुनिया“मा पुग्छ र विभित्र दुःखकारी भावनाहरूले मनमा घर गर्छ अनि मानिस बहकिन्छ, दिग्भ्रमित हुन्छ । तर जब विचार गर्ने काम सुरू हुन्छ, मानिस यथार्थ दुनिया“मा फर्कन्छ र दुःखकारी भावनाहरूको अन्त हुने क्रम पनि सुरू हुन्छ । विचार गर्ने काम यथार्थमा आधारित भएर मात्र हुनसक्छ तर भावनामा बग्ने काम यथार्थबाट अलग नभई हुन सक्दैन । यथार्थमा आधारित हुने भनेको तथ्य र सत्यमा आधारित हुने हो । जब आºनो लाभ÷हानिको तथ्य र सत्यमा आधारित भएर आºनो वास्तविक लाभ गर्न विचार गर्ने काम सुरू हुन्छ तब भावनाको मनचिन्ते दुनिया“ डगमगाउ“छ र रिस निस्क्रिय हुनजान्छ । बुझ्यो कि सकियो † यो रिसलाई स्थायी रूपमा व्यवस्थापन गर्ने विधि हो ।
रिसलाई व्यवस्थापन गर्ने चर्चा गर्दा रिसलाई नियन्त्रणमा राख्नुपर्छ भत्रे गरेको पनि सुत्रमा आउ“छ । तर रिसलाई नियन्त्रण गर्ने प्रयासबाट रिसको हानिकारक प्रभावबाट कहिल्यै मुक्त हुन सकिंदैन किनभने नियन्त्रणको प्रयासबाट रिसको उत्पति स्रोत कहिल्यै अन्त हुन सक्दैन र बारम्बार रिस उठिरहन्छ । नियन्त्रणको प्रयासको अर्को खतरा के हो भने बारम्बार नियन्त्रणको प्रयासले रिस भित्रभित्रै गुम्सिरहन्छ र एउटा बिन्दुमा पुगेर विष्फोट हुनसक्छ । त्यसैले नियन्त्रणको प्रयास बारम्बार नगरी रिसको तथ्यसत्य बुझ्ने प्रयासमा नै जोड दिनुपर्छ ।
ईष्र्या
कुनै व्यक्तिमा आपूmले भन्दा अरूले बढी पैसा, सुविधा, प्रचार, सम्मान आदि पाउ“दा जुन दुर्भावना उत्पत्र हुन्छ त्यो ईष्र्या हो । ईष्र्याको उत्पति स्रोत र असर पनि रिसको जस्तै नै हुन्छ । अर्थात्, मनपर्ने र मन नपर्ने भावको कारणले नै ईष्र्या भाव उठ्छ र त्यसो हु“दा श्वास र रक्त संचालनमा गडबडी उत्पत्र हुन्छ । त्यसले गर्दा आन्तरिक ताप बढ्न गई पेट पोल्ने, छाती पोल्ने, निद्रा नलाग्ने आदि समस्या उत्पत्र हुन्छ । ईष्र्या भावले वाक–वाक लाग्ने, रिंगटा लाग्ने र बेहोस हुनेसमेत हुन सक्छ ।
ईष्र्यालाई व्यवस्थापन गर्ने, निष्क्रिय गर्ने र निर्मूल गर्ने उपाय पनि त्यसको तथ्य र सत्यबारे विचार गर्नु र त्यसलाई बुझ्नु हो । बुझ्यो कि समस्या सकियो हुन्छ †
अवसाद
अरूले जति पैसा, सुविधा, प्रचार, सम्मान आदि पाउन सकिएन भनी मानिस दुःखी भावमा डुब्नु अवसादको अवस्था हो । अवसादमा परेको मानिसले पैसा, सुविधा, प्रचार, सम्मान आदिमा आनन्द होला भनी ठान्दछ र त्यो तुलनात्मक रूपमा आपूmले कम पाएकोमा आपूmलाई दुःखी ठान्दछ । यस अवस्थामा परेको मानिसले दुःखी भावको अभावको अवस्था नै आनन्द हो भनी बुझ्दैन र आºनो मनोबल गिराएर बस्छ । अवसादले मानिसको नौनाडी गलाउ“छ र कमजोर बनाउ“छ । अवसाद उत्तेजनाको उल्टो अवस्था हो तर उत्पति श्रोत भने एउटै हो । अर्थात्, अवसादको उत्पति श्रोत पनि मनपर्ने र मन नपर्ने भाव नै हो । अवसादको पूर्वरूप उत्तेजित हुने अवस्था हुन सक्छ । अर्थात्, उत्तेजित हुने काम गरेर पनि केही हात नलागेपछि जति गरेर पनि केही भएन भनी निराश भई अवसादको भावले घर गर्न थाल्छ । जब अवसादले ग्रस्त हुन्छ मानिसलाई केही गर्ने जा“गर चल्दैन जताततै बाधा अड्चन मात्र देख्छ । विचार प्रवृmया तथ्यमा आधारित हु“दैन ।
अवसादलाई व्यवस्थापन, निष्क्रिय र निर्मूल गर्ने उपाय पनि मनपर्ने वा मननपर्ने भावमा नबगी तथ्यसत्यमा आधारित भएर के गर्दा आपूmलाई लाभ हुन्छ भनी विचार गर्न थाल्नु हो । विचार प्रवृmयाको क्रममा अवसाद र आनन्दको तथ्यसत्यबारे ज्ञान हुन्छ र अवसादको अवस्था निष्क्रिय हु“दै जान्छ ।
एक्लोपनको अनुभूति
कुनै व्यक्तिले आºनो आनन्द अरूमा आधारित छ भनी बुझिरहेको अवस्थामा विविध कारणले आफूले भनेको टेर्ने÷मात्रे मानिसको अभाव भएमा त्यस व्यक्तिले आपूm एक्लो भएको अनुभूति गर्छ र दुःखी हुन्छ । यस्तो अनुभूति गर्ने व्यक्तिले आपूmले भनेको कुरा अरूले मानिदिएको मन पराउ“छ र नमानेको मन पराउ“दैन । नमानेको मन नपरेको कारणले प्रतिक्रियास्वरूप सुरूमा उत्तेजित हुने र पछि निराश भई एक्लोपनको अनुभूति गर्न पुग्ने हुन्छ । यस्तो व्यक्तिमा आनन्द र व्यक्तिको सत्यबारे अलमल व्याप्त हुन्छ । एक्लोपनको अनुभूति गरिरहेसम्म व्यक्तिले आºनो आनन्द अन्य कुनै व्यक्तिमा आधारित हु“दैन र हरेक व्यक्ति एक्लै जन्मने तथा एक्लै मर्ने हो भत्रे तथ्य बुझ्न सक्दैन । यसको औषधी पनि आनन्द र व्यक्तिसम्बन्धी तथ्य बुझ्नु हो । बुझ्नको लागि विचार गर्नुपर्छ । विचारको प्रवृmया अघि बढेपछि तथ्यसत्यको ज्ञान हु“दै जान्छ र एक्लोपनको अनुभूति मेटिंदै जान्छ ।
दुःखको अनुभूति
व्यक्तिलाई आºनो नजीकको व्यक्तिको मृत्यु हु“दा वा जागिरबाट निस्किनु पर्दा वा अन्य कुनै ठूलो सम्बन्ध, आर्थिक–भौतिक सुविधा गुम्दा त्यसको प्रतिक्रियास्वरूप जुन भाव उत्पत्र हुन्छ त्यसलाई ‘दुःख’ भत्रे गरिएको छ । नजिकको व्यक्तिको मृत्यु भएको होस् वा आर्थिक–भौतिक सुविधाको अन्त भएको होस् दुवै अवस्थामा अन्त हुने त तिनीहरूबाट प्राप्त हुने सुविधा मात्र हो आनन्दको अन्त हुने होइन । तर जब आनन्दलाई सुविधामा आधारित हुन्छ भनी बुझिन्छ तब कुनै पनि रूपमा सुविधाको अन्त भएपछि मानिस आनन्दकै अन्त भएजस्तो गरी दुःखी हुन्छ । त्यसैले यस खालको दुःखलाई व्यवस्थापन, निष्क्रिय र निर्मूल गर्न सुविधा र आनन्दको अन्तरसम्बन्ध र त्यससम्बन्धी तथ्यसत्यलाई बुझ्नुपर्छ । तथ्यसत्यलाई बुझ्ने विचार प्रक्रिया जब अघि बढ्छ तब दुःखको अनुभूति मेटिंदै जान्छ ।
रोग र मृत्युको अवस्था
रोग अनुचित आहार, विहार र विचारको प्रतिफल हो भने जीवनको अन्तमा मृत्यु एक अनिवार्य घटना हो । अनुचित आहार, विहार र विचारको कारणले रोगी भई वा काबुभन्दा बाहिरको कारणले हुने घटना÷दुर्घटनाले कतिपय अवस्थामा मृत्यु असामयिक र अस्वभाविक पनि हुन सक्छ । जेसुकै कारणले मृत्यु भए पनि मृत्यु भएपछि मानिसको जीवनको अन्त हुन्छ । यो प्रावृmतिक तथ्य हो । मृत्यु जीवनको अन्तमा हुने अनिवार्य घटना भएकोले त्यसलाई स्वभाविक रूपमा ग्रहण गर्नाले जीवनमा कुनै दुःखको अनुभूति गर्नु नपर्ने हुन्छ । नमरेसम्म आनन्दस“ग जिउनु मानिसको प्रमुख कर्तव्य हो ।
रोगले शरीरलाई असजिलो हुन्छ । रोगको कारण अनुचित आहार, विहार र विचार हो । उचित आहार, विहार र विचार गरेमा अधिकांश अवस्थामा रोग रोकथाम गर्न सकिन्छ तथा अनुचित भएको आहार, विहार र विचारलाई उचित गर्ने काम भएपछि शरीरमा लागिसकेको रोगको कारणले भएको असजिलो–अप्ठ्यारो पनि हट्दै जान्छ । यो तथ्य बुझेपछि रोगस“ग भयभीत हुनु जरूरी हु“दैन । रोगस“ग भयभीत नभएपछि त्यसको कारणले पनि मानिसलाई कुनै दुःख हु“दैन । यस सम्बन्धमा पनि त्यही तथ्य लागु हुन्छ— बुझ्यो कि सकियो †
अलमल
यति चर्चा गरिसकेपछि एउटा कुरा स्पष्ट हुन्छ— मानिसमा सबैखाले दुःखकारी भाव अलमलबाटै उत्पत्र हुन्छ । यो के हो, त्यो के हो, कस्तो अवस्थामा के गर्ने, यो गर्ने कि त्यो गर्ने भनी बुझ्न र निर्णय गर्न नसक्ने अवस्था अलमल हो । अज्ञानको कारणले अलमल उत्पत्र हुन्छ र अलमलमा परेपछि कुन अवस्थामा के गर्दा आºनो कल्याण हुन्छ भत्रे स्पष्ट भएर कुनै पनि कामकुरा गर्नुको साटो के मन पर्छ र के मन पर्दैन भत्रे आधारमा कुनै पनि काम कुरा गरिन्छ । त्यसैले अलमलबाट मुक्त हुनको लागि पनि ‘मनपर्ने र मननपर्ने भाव’ बाट मुक्त भई के गर्नु उचित हुन्छ र के गर्नु अनुचित हुन्छ भत्रे आधारमा कुनै पनि काम कुरा गर्नुपर्छ । सबै खाले दुःखकारी भावलाई व्यवस्थापन गर्ने, निष्क्रिय गर्ने र निर्मूल गर्ने एक मात्र विधि यही हो ।
लेखक ः डा. उमेश श्रेष्ठ (प्रावृmतिक चिकित्सक तथा योगाचार्य)
अध्यक्ष, प्रवृmतिप्रेमी समूह, निरोगधाम, सातदोबाटो, चक्रपथ, ललितपुर
सञ्चालक÷निर्देशक, निरोगधाम, (प्रावृmतिक परीक्षण, परामर्श तथा प्रशिक्षण केन्द्र)
सम्पादन, निरोगसूत्र (निरोग–आनन्दसम्बन्धी सामयिक संकलन)
Friday, July 2, 2010
Subscribe to:
Post Comments (Atom)