Sunday, May 19, 2013

आफनो इज्जत र प्रतिष्ठा सँग जोडेर हेर्छन

,

जेठ तीन गते शुक्रबार श्रीमानले नस्विकार्दा घरमै धर्ना भन्ने समाचार  प्रकाशित भयो । यो समाचार पढने मानिस मध्ये के कतिलाई यसले छोयो या छोएन म भन्न सक्दीन तर मलाई भने असाध्यै मन दुखेर आयो । फेरि शनिबार त्यहि समाचारमा सुमित गुप्ता रौनीयार जसले आफनी श्रीमती नितु रौनीयारलाई अस्विकार गरेका थिए उनि पक्राउ परे भन्ने समाचार छापियो । यसै सँग अर्को समाचार पनि आयो जसमा पति लगायत घरका अन्य सदस्यले पत्नि तथा बुहारी नचिनेको भन्ने तृप्ती पुनलाई उनका पति मनोज पुनले नचिनेको त्यतिमात्र हैन गाँउले सबैले बुहारी हो भनेको सुनेर उल्टै उनिहरु बिरुद्ध उजुरी दिन पुगेको । यी माथीका घटना बाट स्पष्ट थाहा हुन्छ नेपालमा हामि छोरी बुहारी कति निमुखा रहेछौ । कसैले नस्विकार्ने कसैले नचिन्ने ? यस्तो कहिले सम्म र अझै कति महिलाले भोग्नु पर्ने प्रश्न मनमा आयो ?
महिला माथी हुने यस्ता घटनाहरु धेरै कम मात्र बाहिर आउछ । जे जति दुख कष्ट पाएपनि छोरीले विवाह गरेकै घरमा बस्नु पर्छ भन्ने मान्यता छोरीका बाबुआमा र परिवारमा रहेको हुन्छ जसको फाईदा केटाको परिवारले लिईरहेको हुन्छ । धेरै जसो अवस्थामा एउटी छोरीले आफुमाथी हुने गरेका दुर्रव्यवहार र घटना घरमा भनेकै हुन्छीन तर उनलाई उल्टै सम्झउने नाममा कष्ट यातना सहन बाध्य पारिन्छ , छोरीले जस्तो सुकै अवस्था भोगोस तर ज्वाईकै घरमा बसोस भन्ने चाहन्छन ।
नीतु रौनीयार कै कुरालाई लिऊ उनको विवाहमा पैतिसलाख खर्च गर्ने सक्ने बाबुले नीतुलाई राम्रो शिक्षा दिनको लागि कति खर्च गरे होलान? त्यत्रो पैसा दिएर विवाह गर्नुको साटो छोरीलाई त्यहि पैसाबाट राम्रो र उचित शिक्षा दिउ उसलाई आत्मानिर्भर बनाउ भन्ने तिर किन ध्यान दिईदैन किन खर्च गरिदैन ? छोरीको भनेका बोझ हो भन्ने मानसिकत्ताको अन्त्य कहिले हुने ? धर्ना दिएर दबाब दिएर नितु घर भित्र त पुग्लीन तर उनलाई घरमा राम्रो व्यवहार गरिन्छ भन्ने के ग्यारेन्टी छ? उनले अझै धेरै रुदै भित्र भित्रै पिल्सीदै कति बस्नु पर्छ । यसको ग्यारेन्टी कसले गर्ने ? अहिले पनि घरबाहिर बसेर धर्ना दिदा उनलाई कति मरेतुल्य भएको होला उनको आत्मासम्मानमा कति चोट पुगेको होला यसको भर्रपाई कसले गर्नसक्छ ?
छोरी अलिकति ठुली भएकी हुन्न विवाहको कुरा र केटा खोजिनु नेपाली समाजमा नौलो होईन । एउटी छोरीले सायदै आफुलाई मनपरेको विषयमा पढाई र मनलागुन्जेल पढन पाउछे । बाबुआमा र परिवारले सधै छोरीलाई आफनो इज्जत र प्रतिष्ठा सँग जोडेर हेर्छन समाजले के भन्छ ? फलानाकी छोरीले कति राम्रो घरखाई फलानकी छोरीको यस्तो उस्तो सधै यतातिर मात्र चिन्ता हुन्छ । यो सबैतिर सोच्न छोडेर मेरी छोरी के गर्दा खुशि र सुखि हुन्छ कसरी हामिले उसको सुन्दर भविश्य कोर्न सक्छौ सायद धेरै कम मानिसले यो सोच्दा हुन । यसैको परिणाम सधै एउटी महिलाले पिडित भएर बसिरहनु परेको छ । एउटी छोरी जो पतिको घरमा बस्न नस्कने अवस्थामा पुगेपनि उसले त्यहि घरमा बस्नु उसको बाध्यता हुन्छ । किनकी माईती पक्ष बाबुआमा दाजु भाई कोहि पनि आफनी छोरी वा दिदिबैनीलाई सहयोग गर्न अगाडि बढदैनन चुपचाप बस्छन। विवाहमा जति पनि रुपैया पैसा खर्च गर्ने बाबुआमा परिवार छोरीले पिडित छु भन्दा सहयोगको हात बढाउदैनन झन पिडित छोरी बैनी उसकोमा नआएपनि हुने जस्तो व्यवहार गर्छन । सबैलाई थाहा हुन्छ उसले दुख पाएकी छे यातना पाएकी छे कोहि पनि अघि सरेर आईज म तेरो साहारा हुँ भन्ने हिम्मतै गर्दैनन।  तथा उसको पतिको घरमा गएर किन यस्तो हुदैछ के भयो भन्ने प्रश्न गर्ने तथा खोज्ने तिर ध्यान नै दिदैनन वा हिम्मत गर्दैनन । आफुले सकेजति सम्झाएर केटा पक्षको कुरालाई हजुर हजुर गरेर मात्र बस्न बाध्य छन ।त्यसैले महिला माथी हुने यस्ता हिंसाका घटना अति नै भएपछि मात्र बाहिर ल्याईएको हुन्छ । यस्तोमा महिलालाई के कस्तो र कसरी न्याय दिने ? यत्ता तिर गम्भिर भएर सोच्ने बेला भैसकेको छ ।
छोरी भन्ने बित्तिक्कै जेजसरी हुन्छ विवाह गरेर पठाउने तीर नसोची उचित शिक्षा तिर ध्यान दिने की ? साथै यसरी खुल्लम खुल्ला महिला माथी हिंसा र यातना दिनेलाई हाम्रो कानून बलियो बनाएर कारवाहि गर्नेतिर अघि बढने की जवसम्म कानुन बमोजीमको कारवाहिमा हामि पछि पर्छौ त्यसबेला सम्म यस्ता घटना कहिल्यै हाम्रो समाज बाट हटने छैनन । जवसम्म महिला माथी हुने यस्ता घटनाका दोषिलाई कारवाहि गरिदैन तव सम्म अवस्था उस्तै रहने छ । बितेका केहि महिना देखि लगातार महिला माथी हुने गरेका धेरै घटनाहरु धमाधम बाहिर आईरहेपनि घटनाहरु घटनुको साटो झन झन नयाँ स्वरुपमा बाहिर आईरहेछन । सरर्सती हेर्दा घटना कम हुनु पर्नेमा बढेको देखिन्छ । याहा कसको कति दोष के कमजोरी भन्दा पनि यस्ता अराजकता बाट कसरी छुटकारा पाउने भन्ने तिर सोच्न अति जरुरी भैसक्यो । यस्ता अराजकता बाट छुटकारा पाउन वा समाज बाट हटाउन बलियो कानुन र कानुनी कारवाहि मुख्य कुरा हो यहि नेर हामि चुक्यौ जस्तो छ ।


Friday, July 6, 2012

@tfc Nepal 1st Anniversary pic

,
टुईटर फर कजको पहिलो बार्षिक उत्सवका दिन लिएका केहि फोटोहरु 



Saturday, June 30, 2012

असार १५ का दिन रोपाई तथा दहि च्युरा

,
असार १५ का दिन रोपाई गर्ने तथा दहि च्युरा खाने परम्परा रहिआएको छ । यसै परम्परालाई मान्नको लागि हामि टुईटरका केहि साथीहरु गोलढुगांमा रहेको कुमार फुयाँल अर्थात पागलवस्तिजीको घर गयौ र उहाँको खेतमा रोपाँई गरयौ । यहि रोपाँईका केहि रमाइला तस्बिरहरुलाई याहा राखेकि छु । असार १५मा रोपाँई पनि गरयौ दहि च्युरा पनि खायौ यसपालीको असार १५ साच्चै नै रमाइलो गरि मनायौ हामिसबैले । धन्यवाद पागलवस्ति जी जसले हामिलाई धान रोप्ने बातावरण दिनुभयो साथै दहि च्यूरा पनि खुवाउनु भयो । हामिसबैलाई त्याहा सम्म लाने व्यवस्था मिलाउने काकाबा लाई पनि धन्यवाद साथै त्याहा रमाइलो गर्न जाने हामि सबैलाई पनि धन्यवाद ।

Friday, June 29, 2012

असार १५

,
असार १५ को रोपाई गर्न कुमार फुयाँल जीको घर गोलढुगांमा रोपाई गर्दा लिएको भिडियो । आज त्याहाँ खुव रमाइलो भएको थियो । यो कार्यक्रम आयोजना गर्नुहुने काका बा तथा रोपाई गर्न हामि सबैलाई बोलाएर खेत रोप्न दिनुहुने कुमार जी लाई धेरै धेरै धन्यवाद । साथै हामि जाने जति सबै साथिहरुलाई पनि धेरै धेरै  धन्यवाद तपाईहरु सबै नजानुभएको  भए यति रमाइलो काहा हुनेथियो 

Wednesday, June 27, 2012

गाँउमा किताब

,



आफनै गाँउमा बसेर गाँउकै स्कुलका लागि केहि गर्ने चाहाना हुदा हुदै पनि समय र परिस्थिती अनुकुल नभएपछि काठमाण्डौ छिरेका सुर्खेतका प्रकाश लामिछाने यति बेला धेरै खुशि भएका छन । उनले आफु पढेको आफनो गाँउको स्कुल जर्बुटा उच्च मावीका लागि किताब दिएर पुस्तकालय खोल्न सहयोग गर्न पाएका छन । केहि दिन अघि उनी सहित केहि साथीहरु सुर्खेत पुगेर स्कूललाई किताब हस्तारण गरि फर्केका छन ।  गाँउमा किताब नामक शिर्षक राखेर केहि उत्साहित युवाहरु अहिले नेपालका बिभिन्न ठाँउहरुमा रहेका बिधालयमा किताब पुरयाउन एकजुट भएका छन ।



गाँउमा किताब अभियान केहि उत्साहि युवाहरुको स्वयमसेवी अभियान हो । यो अभियान अहिले पहिलो चरणमा छ। यसमा सहयोग गर्ने सहयोगी हातहरु दिनप्रति दिन बढिरहेकाछन । मानिसले राम्रो सोच लिएर अघि बढयो भने सधै सफल हुन्छ भन्ने उदाहरण यसले देखाएको छ । नेपालको बिभिन्न ठाँउमा रहेका चारवटा बिधालयलाई पुस्तक दिएर पुस्तकालय बनाउन सघाउने उदेश्यका साथ गाँउमा किताब अभियानको जन्म भएको हो । सुर्खेत,मकवानपुर ,धादिङ तथा मोरङका गरि चारवटा बिधालयलाई पहिलो चरणमा किताब बितरण गरिने भएको हो । सुर्खेतमा किताब स्कूललाई हस्तान्तरण गरि सकियो भने मोरङ तथा धादिङमा किताब पठाईसकिएको छ मकवानपुरमा पनि छिटै किताब पठाउने तयारी भैरहेछ ।
यस अभियानको जन्म कसरी भयो त? भन्ने प्रश्नको जवाफमा अभियानकर्मि बिनय शेखर भन्छन गाँउमा किताव अभियानको जन्म अनामनगरको दाहालको दैलोमा बसेर चियाखाँदै गर्दा भएको थियो । चैततीरको कुनै साँझ प्रकाश, बिष्णु र म अरुभन्दा अलि अगाडि जम्मा भएका थियौ त्यहाँ । सामाजिक सञ्जाल ट्वीटर मार्फत हल्ला भएकोले सुधा सुवेदी, हरि न्यौपाने, निरज, इन्द्रध्वज, पागलबस्ती, प्रतिभा सञ्जेल र अन्य साथीहरु पनि जम्मा भए एकछिनपछि । प्रकाश र बिष्णुले केही दिन पहिलेदेखि नै जर्बुटामा पुस्तक लाने सपना साकार पार्न खोजेका रहेछन । मित्र उर्मिला थपलीयाले कुनै दिन कुरैकुरामा भनेकी थिइन धादिङमा पुस्तकालय बनाउन मन छ । मौका यही हो उनको सपना साकार पार्ने भनेर मैले उनलाई फोन गरे छलफल गरौ भनेर । उनी धादिङतीर थिइन क्यारे बैनी प्रमिला थपलीयाले दिदीको प्रतिनिधित्व गरिन । अर्धाङ्गीनी कविताले पनि कुनै बेला भनेकी थिइन, मोरङमा उनी पढेको बिध्यालयका बालबालिकाका लागि कितावको अभाव छ, केही गर्न सकिदैन? उनीसँग पनि फोनमै भने ल तिम्रो सपना पनि पुरा होलाजस्तो छ । गफैगफमा धेरै गफ भए । एक कप कालो चियाको भरमा जन्मियो अभियानको नाम गाउँमा किताव ।


अभियानकर्मि उर्मिला थपलिया भन्छीन “हाम्रो सानो सहयोगले बालबालिका तथा समुदायले पढनको लागि किताब र पुस्तकालय पाउछन भने किन सहयोग गर्न अघि नबढने शिक्षा नै सबै भन्दा ठुलो धन हो भन्ने सोच राखेर नै हामि सबै मिलेर यस अभियानका लागि किताब संकलन गर्न आआफनो ठाँउबाट जुटयौ “। यो अभियानलाई अझ उर्जा थप्नेकाम फेसबुक तथा टवीटरले गरयो । अभियानकर्मिहरुले फेसबुक पेज बनाएर यसको प्रचार प्रसार गरे तथा टुईटरमा समेत उनिहरुले यसको सबै गतिबिधिहरु लेख्न थाले जसको कारण देश भित्र मात्रै हैन बिदेशमा बस्ने नेपालीहरुले समेत यस अभियानमा सहयोग गरेका छन । अभियानकर्मी बिष्णु खत्रीका अनुसार यस अभियानले हामिलाई धेरै हौसला दिएको छ सबै तिरबाट सहयोग पायौ । हामि उत्साहित भएका छौ । पहिलो चरणको चारवटा बिधालयलाई किताब बाडिसकेपछि दोश्रो चरणको अभियानमा हामि अघि बढने छौ ।


गाँउमा किताव नामक यस स्वयंसेवी अभियानको एकमात्र उद्देश्य भनेको राम्रा तथा कामलाग्ने पुस्तक पढ्न बाट बन्चित बिध्यार्थी र समुदाय दुवैमा पुस्तक पुर्याउनु हो । यसका लागि अभियानकर्मीहरुले बिधालय र सम्बन्धित गाविसको प्रतिबद्धता  पनि खोजेका छन । स्वामित्व साझा गर्नका लागि अभिभावकहरुको पहुँचमा पुस्तकालय स्थापना अभियानको लक्ष्य हो । सुर्खेत बाट लक्ष्यको शुरुवात भईसकेको छ  । त्याहा बाट पाएको सहयोग र उत्साहजनक सर्मथनले अभियानकर्मीहरुका पाइला दृढ भएर लक्ष्यमा पुग्नका लागि निस्किएका छन । गाँउमा किताब अभियानलाई  निरन्तर अगाडि बढाउने कुरामा उनिहरु ढुक्क छन । यस अभियानले बिपन्नता र अभावमा ज्ञानको ज्योती बाट बञ्चित बालबालिका र समुदायमा शिक्षाको उज्यालो अवश्य  छर्नेछ । अभियानकर्मीहरुले ज्ञानको आगो सल्काए अब त्यसलाई बालिरहनका लागि तपाईहामि सबैको सहयोगको खाँचो छ आउनुस ज्ञानको ज्योती बढाउन हामि सबै हातेमालो गरि अघि बढौ ।

Friday, June 1, 2012

बास्तबीक जीवन

,

 तिमी मानसी होईन ? एक्कासि आफुलाई कसैले सम्बोधन गरेको सुनेर मानसीले पछाडि फर्केर हेर्छिन ,गोरो अग्लो स्टाइलीस्ट केटालाई आफनो अगाडी देख्छीन । उ उनिलाई हेरेर हासिरहेको हुन्छ। उसलाई मज्जाले हेरेपछि मानसीले पनि चिन्छीन । खुशि हुदै सोध्छीन प्रमेश तिमी याँहा कसरी ?
तीन महिना भयो मेरो याँहा सरुवा भएको अनि तिमी चाहि याहा कसरी नी ?प्रमेशले सोध्छन । मेरो घरको ठेगाना बदलीएको छ नी त त्यसैले म याहा हुँ। मानसीले हाँसेर भनिन । ठेगान बदलीएको त देखी रहेको छु । प्रमेशले भने । मानसीले लगाएको सिन्दुर र पोते तिर इसारा गरे । दुबै हास्छन ।
आउन एकछिन कतै रेष्टुरेन्ट तीर बसेर गफ गरौ प्रमेशले भने मानसीले नाई भनिनन दुबै जना नजिकैको एउटा रेष्टुरेष्टमा छिरे र एउटा टेबलमा गएर बसे ।
तिमी त पहिला जस्ति थियौ अहिले पनि त्यस्तै रहिछौ प्रमेशले मानसीलाई भने त्यसैले त मैले चिन्न सके नी ।
हैन अलि मोटाएकी छु काहा छु र पहिला जस्ती बरु तिमी पो पहिला भन्दा झन राम्रो भएछौ मानसीले भनिन।
वेटर आयो प्रमेसले कफि अर्डर गरे । त्यसपछि दुबै जना गफ गर्न थाले । तिमी अहिले बजारमा के किन्न आएको मानसीले सोधीन । म घरको लागि केहि फर्निचरहरु हेर्न आएको थिए । याहा मैले एउटा घर किनेको छु  त्यसैले । अनि तिमी प्रमेशले सोधे  म पनि बुटिकमा केहि काम थियो त्यसैले याहा आएकी । के गर्छौ ? प्रमेशले सोधे । अरु त केहि पनि गर्दिन गृहमन्त्रालय हेर्छु बस त्यति मात्र हो। एकछिन सोचेपछि प्रमेश हासे एएएए बल्ल बुझे । घरमै बस्छेउ ।
अनि श्रीमान के गर्नु हुन्छ ? उहाँको एउटा प्राइभेट कम्पनी छ । कम्पनीको कामको सिलसिलामा प्राय उहाँ बाहिर गइरहनु हुन्छ । परिवारमा अरु पनि त हुनु हुन्छ होलानी । हुनुहुन्न याहा त हामि दुई मात्र छौ । तिमीले याहा नयाँ साथीहरु पनि बनायौ होला प्रमेशले भने । मेरा याहा यो शहरमा आफन्त साथी भाई कोहि पनि छैनन म एक्ली छु याहा । मानसिले भनिन उदास भएर । त्यसपछि प्रमेशले कुरालाई अन्तै मोडे उनिहरु आफना पुराना कलेज दिन तथा साथीहरुका गफ गरिसकेपछि दुबै जना एकअर्काको मोवाइल नम्वर लिन्छन र त्याहा बाट निस्किन्छन। मानसी घर पुग्छीन । उनका श्रीमान महेश घर आई पुगेका हुदैनन ।
महेश र मानसीको बिवाह भएको करिब चार बर्ष भएको हुन्छ । महेश सँग मानसीको जीवन राम्ररी नै बितिरहेको हुन्छ । सबैकुरा राम्रो छ तर महेश सँग मानसीको लागि समय छैन । उसको पहिलो प्राथमीकता काम मात्र हो । अफिस होस या घर जाहाँ पनि उनी काममा मात्र व्यस्त हुन्छन । अफिसको पार्टी तथा साथीभाईको निम्तामा बाहेक  उनले मानसीलाई घर बाहिर कहि पनि सँगै लिएर हिडदैनन । मानसिलाई पनि लाग्छ कहिले काहि त सिनेमा हेर्न किनमेल गर्न तथा घुमफिर गर्न कतै सगै लिएर गएपनि हुने । सबैका श्रीमान श्रीमती हाँसि मजाक ठटटा गर्छन केहि छिन भएपनि रमाइलो गर्छन। तर महेशलाई काम भन्दा बाहेक अरु सोच्ने समय काहा छ र यहि सोचेर मानसीले आफनो मनलाई बाधेर राखेकी हुन्छीन ।
धेरै दिन पछि मानसीलाई प्रमेशको फोन आउछ । भोली मेरो अफिसले आयोजना गरेको एउटा साँस्कृतीक कार्यक्रम छ । तिमी आफनो श्रीमानलाई लिएर आउन चिनजान पनि हुन्छ प्रमेशले भन्छन । मानसीले महेश कामको सिलसिलामा बहिर गएका छन म एक्लै आउदिन फर्किदा राती हुन्छ भन्छिन । प्रमेशले भन्छन म तिमीलाई लिनको लागि गाडि पठाईदिन्छु म लिन आउन पाउन्न याहा कार्यक्रम हेर्नु पर्छ । फर्किदा चाहि मै घर छोडिदिन्छु तिमीलाई हुन्न। मानसीले सहमती जनाउछीन ।
मानसी प्रमेशले भनेको समय अनुसार तयार भएर बस्छिन । गाडिलिएर ड्राईभर आउछन । अनि उनि कार्यक्रममा जान्छिन । ड्राईबरले उनलाई प्रमेश भएको ठाँउ सम्म पुरयाईदिन्छन । प्रमेशले उनलाई अगाडिको एउटा सिटमा लगेर राख्छन र भन्छन तिमी यहि बस्दै गर म एक छिनमा आउछु । कार्यक्रम सुरुहुने बेलामा प्रमेश आएर मानसी सँगैको सिटमा बस्छन । उनले कार्यक्रमको बारेमा मानसी सँग कुरा गर्दै दुबै जना साँस्कृतीक कार्यक्रम हेर्छन। कार्यक्रम सकिएपछि खानाको व्यवस्था पनि हुन्छ त्याहा । प्रमेशले मानसीलाई अफिसका सबै स्टाफहरु सँग परिचय गराउछन । खाना खाएपछि दुबै जना घर जानको लागि निस्कीन्छन । प्रमेशले मानसीलाई उनको घर छोडेर फकिन्छन ।
प्रमेश सँग भेट भएपछि  मानसीले आफनो लागि साथी पाएकी हुन्छीन । सिनेमा हलमा नयाँ फिल्म लाग्ने बित्तिक्कै प्रमेशले मानसीलाई बोलाउथे उनी जान्थीन । प्रमेश आएपछि देखि उनी घरबाहिर धेरै निस्कन थाल्छीन । पहिला पहिला दिक्क लाग्दथ्यो उनलाई अचेल खुब रमाइलो लाग्न थालेको छ । उता महेशलाई भने मानसी बिरामी हुदाँ समेत डक्टरकोमा लाने समय हुदैन । कुनै दिन उनी मानसीको लागी भनेर समय निकाल्दैनन । मानसी उनका लागि सबै जरुरत पुरा गर्ने रोबर्ट मात्र बनेकी हुन्छीन । महेशले भनेको मानेन भने उनी धेरै दिन सम्म उनी सँग रिसाउने र नबोल्ने हुन्छन । उनका सबै समान मिलाएर भनेको समयमा उनका अगाडि हाजीर गर्नु पर्ने हुन्छ । यी सबै काम मानसीले मनलगाएर गर्छिन । तर महेशलाई मानसीको बारेमा कुनै मतलव नै हुदैन । एक दिन मनसीले भन्छिन हामि पनि जऊ न कतै घुम्न यत्रो बर्ष भैसक्यो बिवाह भएको कहि गएको छैन ।
महेशले जान मान्दैनन किनकि उनको अफिसको काम बिग्रन्छ भन्छन । महेशले एकदिन मानसीलाई भन्छन मैले तिमीलाई रुपैया पैसा दिएकै छु एउटा श्रीमानले गर्ने कर्तव्य पुरा गरेकै छु याहा भन्दा बढि के चाहियो तिमीलाई त्यो दिन मानसीले भन्छीन मैले तपाई सँग रुपैया पैसा हैन माया र साथ मात्र मागेकी हुँ । कर्तव्य पुरा गर्ने कुरा भन्नु भयो त्यो त एउटा घरमा पालेको कुकुरले पनि आफनो मालिक प्रतिको आफनो कर्तव्य पुरा गर्छ घरको रक्षा गर्छ । तर याहाँ त श्रीमान श्रीमतीको सम्बन्धको कुरा छ यस्तो सम्बन्धमा कर्तव्य भन्दा जरुरि माया प्रेम विश्वास एकअर्काको प्रतिको सम्मान र एकअर्कालाई मननपरेको कुरा बाट दुबै टाढा बस्ने आफनो जीवन साथीलाई मननपर्ने कुरा दुबैले कुराकानी गरेर छोडने । यस्तो वातावरण हुन्छ माया प्रेममा । हाम्रोमा छ यस्तो वातावरण ?तपाई भन्नुस कुनै दिन मेरो लागि तपाईले अफिस छोडनु भएको छ ?
यसरी चार बर्षसम्म नबोलेकी मानसी आज बोलीरहेकी थिईन । आफनो मनमा बर्षौ देखि दबिएर रहेका सबैकुराहरु बाहिर निस्किएपछि मानसीलाई एउटा ठुलै बोझ मन बाट उत्रिए जस्तो भयो । महेशले मानसीको मनको हालत र कुराहरु काहा बुझदथे र उनी उल्टै कुकुरलाई खिर नपचेको भन्दै घर बाट बाहिर निस्किन्छन । मानसी धेरै बेर सम्म रोईरहन्छीन तर त्याहा उनको आशु पुछन महेश हुदैनन । उनि सम्झिन्छीन सायद माया प्रेम समपर्ण त्याग भनेको उपन्यास फिल्म तथा साहित्यमा मात्र हुने रहेछ । बास्तबीक जीवन यी सबैकुराहरु बाट धेरै पर हुदो रहेछ ।

Friday, May 25, 2012

प्रश्न

,

ए जीन्दगी मैले त सँग के मागेर त यसरी तर्किएको
मैले तलाई के त्यस्तो गाली गरे त यसरी झर्किएको

मागेको त केवल माया र विश्वास मात्र हो
तैपनि त किन यसरी फन्किएको

केहि दिनै थिएन त किन मलाई जन्माएको
एक्लै रुनको लागि किन बनाएको

सबै कुरा नदिने भएपछि यो मन चै किन बनाएको
मन बनाएपनि यसलाई चटटान झै सारो किन नबनाएको

ए जीन्दगी मैले त सँग के मागेर त यसरी तर्किएको
मैले तलाई के त्यस्तो गाली गरे त यसरी झर्किएका

 

म र मेरा शब्दहरु Copyright © 2011 -- Template created by O Pregador -- Powered by Blogger Templates